लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

एउटा फिल्म, जसको नाम ४ पटक फेरियो

उसो त, कतिपयले नाममा के छ र भन्लान् ? तर, नाममा नै सबै कुरा टिकेको हुन्छ । अझ, फिल्मको कुरा गर्दा त नामले नै सबै कुरा बताउँछ । यदि, फिल्मको नाम अनुसार कथा हुन सकेन भने प्रश्न उठ्छ, फिल्मले नामको अर्थ सावित गर्न किन सकेन ?

भदौको २९ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘एक भागवत् र एक गीता’ यस्तै चेपुवामा परेको फिल्म हो । जसका निर्माता सुनिल कुमार थापाले चलचित्र विकास बोर्डको निर्णय गर्न नसक्ने क्षमताका कारण ३ पटक नाम फेर्नुपर्यो ।

यो फिल्मको नाम सुरुवातमा ‘भगवत् गीता’ राखिएको थियो । तर, फिल्मको नाममा विवाद सुरु भएपछि निर्माताले ‘एक भगवत् गीता’ राखेर काम सुरु गरे । फिल्मको छायांकन सकियो, निर्माताले भदौ २९ लाई प्रदर्शन मिति तोके ।

तर, फेरि फिल्मको नामलाई लिएर विवाद सुरु भयो । ‘भगवत् गीता’ राख्नै नपाइने भन्दै केही धार्मिक संगठनले आपत्ती जनाए । उनीहरुले फिल्मले अर्कै कथा भन्ने हुँदा ‘भगवत् गीता’ प्रति दर्शकको सोच नै बदलिने भन्दै आपत्ती जनाएका थिए । फिल्म सेन्सर बोर्डसम्म पुग्न नै पाएको थिएन । चलचित्र विकास बोर्डको काम फिल्मको निर्माण इजाजत र सेन्सरका लागि इजाजत दिने मात्र हो ।

तर, विवाद सुरु भएपछि फेरि निर्माताले नाम फेर्नका लागि बोर्डमा निवेदन दिए । जतिबेला फिल्मको नाम ‘एक भागवत् गीता’ राखियो ।

दुखलाग्दो कुरा के छ भने, केही धार्मिक संगठनले फिल्मको स्क्रिप्ट पुरै पढे । यतिमात्र होइन, फिल्मको मुख्य कथा नै मिडियाको क्यामेरा अगाडि आएर खोलिदिए । निर्माता यति निरिह बने कि, जसो जसो उनीहरुले भने, उसै उसै मान्नुपर्ने अवस्था आयो ।

अझ, ती धार्मिक संगठनका केही व्यक्तिहरुले किन फिल्मको कथा खोलेको भन्ने प्रश्नमा मिडियालाई मुद्दा हाल्न धम्की दिए । यी सबै कुरामा चलचित्र विकास बोर्ड मुखदर्शक बन्यो ।

अन्तिममा फिल्मको नाम चौथो पटक परिवर्तन गर्दै सहमती भएको छ । अब, फिल्मको नाम ‘एक भागवत् र एक गीता(सामाजिक कथा)’ राखिएको छ ।

एउटा निर्माताले ४ पटक फिल्मको नाम परिवर्तन गर्दै पोष्टर बनाएका छन् । प्रचार सामाग्रीमा ४ पटक फिल्मको नाम परिवर्तन गरिएको छ । यो भन्दा दुःख लाग्दो कुरा के छ । चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड भन्दा बाहिरी संघ संस्था हाबी भएका छन् । अब, फिल्मको सेन्सर राज्यले गर्नु भन्दा पहिले विरोध गर्नेहरुले गर्नुपर्ने अवस्था आएको छ । यसले, फिल्म क्षेत्रमा गतिलो नजिर बसेको छैन ।

चलचित्र विकास बोर्डका अध्यक्षले सहमती गराएकोमा छाती चौडा बनाएका होलान् । तर, यसले विगारेको नजिर अब विस्तारै नेपाली फिल्मका अरु निर्माताले भोग्नुपर्नेछ ।


प्रकाशित : २०८० भाद्र २५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप