लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

रगत र रक्ततत्व निःशुल्क माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाण्डौं । नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १२ बुँदे ज्ञापन पत्र बुझाएको छ ।

समाजले “प्रत्येक स्वस्थ व्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व / कर्तब्य हो भने नि:शुल्क रगत पाउनु पिडित पक्षको नैसर्गिक अधिकार हो” भन्ने मूल नारालाई सार्थक स्थापित गर्न, रगत आवश्यक पर्ने पीडितपक्षलाई नि:शुल्क रगत उपलब्ध गराउनु नै मूल लक्ष्य र उदेश्य लिई निरन्तर लागी रहेकाे नेपाल स्वयंसेवी रक्तदाता समाजले प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड” लाई दानमा दिइएको रगत पीडितपक्षले पनि नि:शुल्क नै पाउनु पर्छ र नैसर्गिक अधिकार पनि हो भनी ज्ञापन पत्र बुझाईएकाे हाे ।

समाजका केन्द्रिय अध्यक्ष एवं सतक रक्तदाता प्रेमसागर कर्माचार्य नेतृत्वमा केन्द्रिय सदस्यद्वय प्रवाश कुमार शाक्य, सुशील घर्ती क्षेत्री, समाजको ललितपूर जिल्ला शाखा अध्यक्ष नवीनकुमार महर्जन “Start 18 Stars Team” राष्ट्रिय संयाेजक परभस जः आचाजुकाे समूहले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो ।

ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री प्रचण्डले पिडित पक्षलाई नि:शुल्क रगत उपलब्ध गराउनेमा सकारात्मक हुनुको साथै यथाशिघ्र यस विषयलाई कार्यान्वयवकालागि पहल थाल्ने वचन पनि दिनुभएको थियो ।


प्रकाशित : २०८० भाद्र २५, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप