लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

१९ औं एसियाली खेलकुदको भव्य उद्घघाटन (तस्बिर सहित)

चीनको हाङझाउमा शनिबार एक भब्य कार्यक्रमबिच १९ औ एसियाली खेलकुदको उद्घाटन गरिएको छ। हाङझाउ स्थित ओलम्पिक स्पोर्ट्स सेन्टर स्टेडियम अर्थात ‘बिग लोटस’ मा चिनियाँ राष्ट्रपति सी जिनफिङले एसियाली खेलकुदको औपचारिक उद्घाटन गरेका थिए। राष्ट्रपति सीले उच्च महत्व दिएको यो प्रतियोगितामा चिनले आफ्नो टेक्नोलोजिको अधिक्तम प्रयोग गरेको छ।

उद्घाटन समारोहमा ४५ वटै देशका खेलाडीले मार्च पास गरेका थिए। नेपालको तर्फबाट निमा घर्ती मगर र  बिरबहादुर महराले राष्ट्रिय झण्डा बोकेकका थिए। उद्घाटन समारोहमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि सहभागी भएका थिए।

कोभिड९१९ महामारीका कारण तोकिएको समय भन्दा एक वर्ष ढिला सुरु भएको १९औं एसियाडमार्फत चीनले आफू सुरक्षित रहेको सन्देश दिंदै विश्वलाई वातावरणमैत्रि प्रतियोगिताको रुपमा आफ्नो आयोजनालाई स्थापित समेत गरेको छ।

१९औं एसियाडको नारा ‘हृदय देखी हृदय भविष्य’ रहेको छ। एसियाडका लागि हाङझाउ सहर भब्य रुपमा सझाइएको छ। हजारौँको संख्यामा स्वयंसेवकहरु खटाइएका छन्। उद्घाटन भएको शहर अलिबाबाका संस्थापक ज्याक माको जन्मथलो समेत हो। यहाँ चर्चित वेस्ट लेक पर्यटकीय रोजाइमा रहने गरेको छ।

यो पटकको एसियाडमा एसियाका सबै ४५ देश सहभागी रहेका छन्। जहाँ ४० खेलका ४८१ इभेन्टमा १२ हजार ४१७ खेलाडीहरु प्रतिस्पर्धा गर्दै छन्। एसियाडको इतिहासमै कुनै पनि संस्करणमा सहभागी यो अहिलेसम्मकै सबैभन्दा धेरै खेलाडी संख्या हो।

यस पटकको एसियाडमा नेपालको सहभागिता अहिले सम्मकै उच्च रहेको छ। १९औं एसियाडमा नेपालबाट २९ खेलमा २५३ खेलाडी सहभागी भएका छन्। जसमा १२७ महिला र १२६ पुरुष छन्।


प्रकाशित : २०८० आश्विन ७, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप