लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यस्तो देखियो भूकम्पबाट क्षेतबिक्षत जाजरकोट दरबार (तस्बिर सहित)

विरेन्द्रनगर, शुक्रबार राति ११ः४७ बजे जाजरकोटको रामिडाँडा केन्द्र विन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयो । भूकम्पले जाजरकोट सहित कर्णालीका सबैजसो जिल्लामा ठुलो जनधनको क्षति गरेको छ ।

भूकम्पका कारण जाजरकोटको सदमुकाम खलङ्गा बजारमा रहेको ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको साढे दुई सय वर्ष पुरानो दरबारमा ठुलो क्षेति भएको छ ।

बाइसे–चौबीसे राज्यको अस्तित्व तथा इतिहास बोकेको उक्त दरबार वि.सं. १९९० सालको भूकम्पका कारण दरबार भत्किएपछि पुणर्निर्माण गरी चार तलाको बनाइएको थियो ।

इतिहासका जानकारका अनुसार जाजरकोट राज्यको राजधानी सुरुमा जगतिपुरमा थियो । जाजरकोट राज्य संस्थापक जगती सिंहका नाती तत्कालिन राजा देव सिंहको घोडाले हालको जिल्ला सदरमुकाम खलंगाको टाकुरामा मन पराएको र बाइसे–चौविसे राज्यको लडाईँ चलिरहेका बेला सुरक्षा दृष्टिकोणले पनि उपयुक्त भएपछि १६ औं शताब्दीमा जगतिपुरबाट खलंगामा राजधानी सारिएको थियो ।

सुरुमा सामान्य दरबार भए पनि १८ औं शताब्दीको ३० को दशकमा तत्कालीन राजा गजेन्द्रनारायणले साततले दरबारको निर्माण गरेका हुन् । भक्तपुरबाट ल्याएका चर्चित कालिगढ नाक्चेको डिजाइनअनुसार रुकुमको चौरजहारीबाट इँटा बोकाएर दरबारको निर्माण गरिएको हो ।

केही बर्ष पहिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको देशभरका एक सय पर्यटकीय गन्तव्यमा जाजरकोट दरबारलाई पनि सूचीकृत समेत गरिएको थियो ।

मध्यरातमा आगएको भूकम्पले जाजरकोट सहित कर्णालीका सबैजसो जिल्लामा ठुलो जनधनको क्षति गरेको छ । यो २०७२ सालपछिको शक्तिशाली भूकम्प हो ।

जाजरकोट र रुकुम गरेर उक्त भूकम्पबाट ८३ जना महिला र ७० जना पुरुष गरेर १५३ जनाको ज्यान गयो । भने कुल ३३८ जना घाइते भए । ती मध्य २४३ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएका छन् भने ९५ जना अझै उपचाररत छन्।

मध्यरातमा मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको हो ।

मुख्यत कर्णाली प्रदेशका दुई जिल्ला जाजरकोट र रुकुम पश्चिम ठुलो क्षेति भयो । जाजरकोटको सदरमुकाम खलङ्गा बजार, नलगाढ नगरपालिका र रुकुमको आठबिसकोट गाउँपालिकामा ठुलो जनधनको क्षेति गरेको छ ।

तस्बिरहरु : राजेश कुमाल 


प्रकाशित : २०८० कार्तिक २१, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप