लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

मोरङमा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने

विराटनगर : नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसि–भैलो लगायतका कार्यक्रम  मोरङमा १० बजे रातिसम्म  मात्रै खेल्न पाइने भएको छ।

 

 

शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन  कार्यालय मोरङले  एक सूचना जारी गर्दै देउसी–भैलो कार्यक्रम  १० बजेसम्म मात्र खेल्न अनुरोध  गरेको हो।

‘हिन्दुहरुको महान चाड दिपावलीको अवसरमा मनाइने देउसी, भैलो कार्यक्रम शान्ति, सुरक्षालाई मध्यनजर राखि रातको १० बजेसम्म मात्रै मनाउनुहुन सम्पूर्ण जिल्लावासीहरुमा अनुरोध छ।’ जिल्ला प्रशासन कार्यालय मोरङबाट जारी सूचनामा उल्लेख गरिएको छ।

यस्तै दीपावलीको समयमा पटकाको खरिद बिक्रीमा रोक लगाइएको र सिमानाकामा सुरक्षा कडाइ तथा निगरानीसमेत बढाइएको  जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए।

उनका अनुसार  पटेका जन्य वस्तु ल्याउनेहरुलाई सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिइरहेको छ।

‘पटका पड्काउने काम नहोस् यो निरूत्साहित हुनपर्छ ,शुभ दिवाली दीप र दियो जलाएर देउसी–भैलो खेलेर  मनाउने हो, विष्फोटक पदार्थले बालबालिका घाइते हुने जस्ता जिउ–ज्यान पनि जोखिममा हुन्छ,आगलागीको पनि घटना हुने भएकाले सचेत हुन अनुरोध गर्दछु’ प्रजिअ यादवले भने।

 


प्रकाशित : २०८० कार्तिक २४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप