लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुईजना घाइते

भक्तपुर ।
भक्तपुर जिल्लाको मध्यपुर थिमि–३ स्थित गठ्ठाघरमा चितुवाको आक्रमणबाट दुई जना घाइते भएका छन् । एक्कासि बस्तीमा आइपुगेको चितुवाको आक्रमणबाट घाइते हुनेहरुमा गठ्ठाघर बस्ने ३३ वर्षिया संगिता आलेमगर र काभ्रेपलाञ्चोक भुम्लुकी ६५ वर्षिया अमृता कँडेल छन्  ।

घाइते दुवै जनाको मध्यपुर अस्पतालमा उपचार भएको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी डिएसपी वसन्त पाठकले बताए ।प्रविन आयल स्टोरको उत्तरतर्फ दुई वटा घरको चेपमा आज बिहान जंगली चितुवा फेला परेको थियो । स्थानीय पवित्रा सुनारको घरको कम्पाउन्डभित्र उक्त चितुवा फेला परेको हो ।

स्थानीयले खबर गरेपछि चितुवा नियन्त्रणमा लिन बिहानै नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र डिभिजन वन कार्यालय सानोथिमि भक्तपुरको टोली घटनास्थलमा पुगेको थियो ।

पछि चितुवालाई डिभिजन वन कार्यालय काठमाडौँको प्राविधिकसहितको टोलीले चार पटक डार्ट हानेर नियन्त्रणमा लिएको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत एवम् सूचना अधिकारी सलिना कडालले बताए ।

चितुवा गर्भिणी जस्तो देखिएको र उद्धार गरी चिडियाखाना लगिएको छ । चितुवा नियन्त्रणका लागि काठमाडौंका वन अधिकृत अशोक पराजुली नेतृत्वको टोली खटिएको थियो ।

चिडियाखाना लगेर सुरुमा स्वास्थ्य जाँच गर्ने र स्वास्थ्य सामान्य रहेछ भने जंगलमा लगेर छाडिने वन अधिकृत पराजुलीले बताए ।चितुवा नियन्त्रणमा लिएको हेर्न स्थानीयको ठूलो भिड लागेको थियो । प्रहरीहरू पनि उल्लेख्य संख्यामा परिचालित भएका थिए ।


प्रकाशित : २०८० कार्तिक २४, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप