लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि ओभरसुट

झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको धावनमार्गमा स्याल देखिएपछि बुद्ध एयरको जहाजले ‘ओभरसुट’ गरेको छ।

सोमबार काठमाडौंबाट यात्रु बोकेर चन्द्रगढी विमानस्थलमा पुगेको बुद्ध एयरको जहाज अवतरणको समयमा धावनमार्गमा स्याल देखिएपछि ओभरसुट गरेको विमानस्थलका सूचना अधिकारी किशोर कुमार खत्रीले जानकारी दिए।

उनका अनुसार ६ बजेर ४८ मिनेटमा काठमाडौंबाट चन्द्रगढी पुगेको जहाज अवतरण गर्ने बेला धावनमार्ग क्लियर देखिएको थिएन।

‘धावनमार्ग क्लियर नदेखिएपछि टावरले जहाजलाई अवतरण नगर्न ‘मिस अप्रोच’ का लागि अनुरोध गरेको थियो,’ उनले भने, ‘धावनमार्गमा स्याल देखिएपछि साइट क्लियर गरेर सात बजे सुरक्षित जहाज अवतरण गरिएको हो।’

यस्तै, धावनमार्गमा कहिले चरा, कुकुर पसेर धावनमार्गमा छिर्ने हुँदा यी सामान्य घटना भएको उनले बताए।


प्रकाशित : २०८० मंसिर ११, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप