लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

२० दिनमै तौल बढाउन चाहनु हुन्छ, खानुस् यी खानेकुरा

कम तौल भएकाहरूलाई सबैभन्दा ठुलो चिन्ता कसैले मुखै अगाडि ‘घरकाले त खान नि दिँदैनन् कि क्या हो ?’ भन्लान् भन्ने हुन्छ । दुब्लो, पातलो भएकै कारण साथी अनि आफन्तको हँसिमजाकको पात्र बारम्बार बनिरहनु पर्छ । हामीले प्रायः तौल कसरी कम गर्ने, के गरेर मोटोपना घटाउन सकिएला भन्ने मात्रै कुरा गरिरहेको सुन्छौँ ।

तर दुब्ला पातलाहरूले भोग्ने समस्यालाई धेरैले बेवास्ता गर्ने गरेको पाइन्छ । उचाइ अनुसार तपाईँको तौल कम छ भने यसलाई मेडिकलको भाषामा अन्डरवेट भनिन्छ । उचाइअनुसार तौल कायम गर्न जरुरी छ । वजन बढाउनलाई दिनभरको क्यालोरी इन्टेक बढाउनु पर्छ । यही क्यालोरी शरीरमा बोसो र मांसपेशीको रूपमा रहन्छ । अनि तौल बढ्छ । तर क्यालोरीको सेवन बढाउने भन्दै जथाभाबी अस्वस्थकर खानेकुराबाट भने क्यालोरी लिनु हुन्न । आजको यस लेखमा हामीहरूले २० देखि ३० दिनमै अरूले झट्ट हेर्दा नै फरक देखिने गरी तौल बढाउन सघाउने केही खानेकुराबारे कुराकानी गर्नेछौँ ।

एभोकाडो
एभोकाडो क्रिमी फल हो । खासै स्वाद नभएको यो फल धेरैलाई मन नपर्न पनि सक्छ । तर यसमा स्वस्थबद्र्धक फ्याट, फाइबर र अत्यावश्यक पोषक तत्त्व पर्याप्त मात्रामा पाइन्छ । यसलाई टोष्टसँग पनि खान सकिन्छ । सलादमा पनि यसको प्रयोग गर्न सकिन्छ ।

Avocado

ओखर, बदाम

ओखरमा स्वस्थबद्र्धक फ्याटको साथसाथै ओमेगा ३ फ्याटी एसिड पनि पाइन्छ । जसले तौल बढाउन मद्दत गर्छ । बदाम खाँदा शरीरले पर्याप्त मात्रामा प्रोटिन र फाइबर पाउँछ ।

okhar

दूधजन्य वस्तु

दूध दहीको सेवन तौल बढाउन सहयोगी हुन्छन् । फुल क्रिम भएको दूध अनि दही खाँदा शरीरले पर्याप्त मात्रामा प्रोटिन र क्याल्सियम पाउँछ ।

milk

पिनट बटर

145928273-H-696x476

पिनट बटरमा हेल्दी फ्याट र प्रोटिन पर्याप्त मात्रामा हुन्छ । यो तौल बढाउने राम्रो स्रोत हो । आल्मन्ड बटरमा पनि हेल्दी फ्याट, प्रोटिनको साथसाथै मोनोस्याचुरेटेड फ्याट र भिटामिन ई हुन्छ । स्वस्थबद्र्धक तरिकाले तौल बढाउन यो राम्रो विकल्प हो ।

कार्ब्स

body-need-carbs

वजन बढाउन कार्ब्स अर्थात् कार्बोहाइड्रेट्सको सेवन बढाउनु लाभकारी हुन सक्छ । त्यसैले आफ्नो भोजनमा सख्खर खण्ड र ब्राउन राइस समावेश गर्नुस् । सख्खरखन्डमा कार्बोहाइड्रेट्सको साथमा फाइबर, भिटामिन र मिनरल्स पर्याप्त मात्रामा पाइन्छ ।


प्रकाशित : २०८० मंसिर १३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप