लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रेरणादायी नारी :- दुबै हात नभएकी तर खुट्टाले लेखेरै अधिकृत बनेकी ,डिग्री होल्डर सुशीला ढकाल

सन्तान जन्मिँदा छरछिमेकमात्र होइन, गाउँभर हल्ला हुन्थ्यो । घरमा विशेष खुसियालीको माहोल छाउँथ्यो । तर, सुशिला ढकालको जन्म यस्तो अपवाद रह्यो कि घरमा खुसियाली होइन बरु चिन्ताको माहोल थपियो । चिन्ता थपिनुपर्ने कारण थियो जन्मँदै उनका दुवै हात थिएनन् । चार दशक अघि स्याङ्जाको मध्यम वर्गीय परिवारमा,तेश्रो सन्तानको रुपमा जन्मिएकी थिइन उनी । जन्मदै दुबै हात नभएकी उनी बाँच्लिन् भन्ने आश परिवार/आफन्त/छरछिमेकीले गरेनन् । तर, यी सब सोचको विपरित सुशीलाको स्वास्थ्य राम्रो हुँदै गयो, उनी जीवितै हुन्छिन् भन्ने परिवारको विश्वास बढ्दै गयो । भनिन्छ, ‘हरेक चोटले त्योभन्दा ठूलो अवसर बोकेर आएको हुन्छ । जन्मजात दुबै हात नभएका कारण गाउँलेहरु उनका पछि धेरै थरी कुरा काटे । गाउँघरमा सुनेकी थिइन्, अग्रजबाट– ‘विष नभएको सर्प । इख नभएको मान्छे काम छैन ।’जिन्दगीमा सबै चीज खानु तर हरेश नखानु सायद यही शव्दले उनलाई बचाइराख्यो । उनको इच्छा आकाक्षा र चाहनाहरुलाई मर्न दिइनन् ।

६ वर्षको उमेर पुगेपछि गाउँकै कालिका प्राविमा बुवाले भर्ना गरिदिए । उनले खुट्टाका दुई औंला प्रयोग गरेर लेख्न सुरु गरिन् । तर, त्यो त्यति सहज थिएन । स्कुलमा बेन्चमा बसेर लेख्न मिल्दैनथ्यो । पछि बुबाले एउटा फराकिलो टेबल बनाइदिनुभयो, जसका कारण उनको लेखन अलिक सहज हुन थाल्यो । खुट्टाकै औंलाले सुशीलाले अरुले जस्तै लेख्न थालिन् । उनले मेहनत गरिन् र अरुलाई भेट्टयाएरै छाडिन् । कालिका स्कुलबाट प्रावि तह पूरा गरिन् । निम्न माध्यमिक तह रजस्थल उच्च माविमा पढिन् । रजस्थल उच्च माध्यमिकमा पढ्दा उनले इन्द्रेणी सपना देखेकी थिइनन् । समाजका सबै एकैनासका कहाँ हुन्छन र कोही दयाका भावले हेर्दथें कोही मायालु आँखाले । आखिर दया र माया भन्ने चिज पनि आकाश र जमिन जत्तिकै रहेछ । केही भन्दथे “विचरीलाई त पूर्वजन्मको श्राप लागेछ ।” मुटु चिमोट्ने यस्ता वज्र धेरै पटक उनका कानमा बर्सिए । यद्यपि आफूलाई सम्हाल्दै अगाडि बढिन । यस्ता तिखा शव्दहरुले उनलाई अझैं उर्जा दिन्थ्यो केही गर्नुपर्दछ र केही बन्नुपर्दछ । हिजोका त्यही काँडाझैं घोच्ने तिखा वचनले नै हो फेरिएको छ उनको परिचय फेरिएको छ,राष्ट्रसेवक कर्मचारीका रुपमा । तर,सुशीलालो यो स्थानसम्म पुग्नका लागि गरेको संघर्ष । जिन्दगीमा खाएका हण्डर–ठक्कर बेहिसाब छ ।

दुबै हात नचले पनि रोकिएन उनको अध्ययनको गति । गाउँबाटै एसएलसी उत्र्तीण गरिन । ०५५ सालमा एसएलसी पार लगाएपछि सदरमुकाममा झरेर त्रिभुवन आदर्श क्याम्पस पढ्न थालिन् । प्रविणता प्रमाणपत्र तह अध्ययन गर्दै थिईन । उनको सोधी खोजी भयो काठमाडौं मैतीदेवीमा बसेर छात्रावास चलाइरहेकी सूर्योदय गल्र्स होस्टेल तात्कालिक वार्डेन विष्णु थापाबाट । थापाले होस्टल राखेर पढाउने र सबै खर्च आफैंले बेहोर्ने वचनवद्धता दिईन । त्यसपछि त के चाहियो मनका कुनामा साँचेर राखेको रहरथ्यो यो । उनी आफैं काठमाडौं भित्रिएर पढ्न चाहिन्थन् । तर अजंगको पहाड बनेर उभिएकोथ्यो आर्थिक अभाव । त्यही कारण मनका रहर मनमै गुम्साएर बसिरहेको अवस्थामा विष्णु उनका लागि ढुंगा खोज्दा देउता मिलेझैं भएर प्रक्रट भइन । पसिन काठमाडौ र डिल्लीबजार कन्या बहुमुखी क्याम्पस आईए दोस्रो वर्षमा भर्ना भइन् । २०५७ सालमा काठमाडौं आएकी सुशीलाले त्यति बेला नै कम्प्युटर सिक्न पनि थालिन् । विए पढ्दै गर्दा सुशीलाले नेपाल अपाङ्ग मानवअधिकार केन्द्रमा जागिर पाइन् । त्रि–चन्द्र क्याम्पस घन्टाघरबाट समाजशास्त्रमा स्नातकोत्तर तहसम्मको अध्ययन पार लगाइन् । एलएलबी तेस्रो वर्षमा अध्ययनरत उनी स्नातकोत्तर पार लगाइन । दुबै हात नभएको मान्छे नीजि जागिर पाउने सम्भवना थिएन लहडै लहडमा भिडिन लोकसेवा आयोग । नायब सुब्बा तहमा । त्यो चुनौतीपूर्ण बाटोथ्यो ।

अब्दुल कालमको एउटा भनाई छ, सना साना लक्ष्य लिएर बाँच्नु सबैभन्दा ठूलो अपराध हो । मान्छे लक्ष्य सानो भएर कोही बर्बाद हुँदैन । बर्बाद त त्यतिबेला हुन्छ लक्ष्य पनि सानो हुन्छ र त्यो पूरा हुनथाल्छ । यही कारण हो उनले कठिन बाटो रोजीन । ०६५ सालमा लोकसेवा आयोगले आवेदन खोल्दा नायब सुब्बाका लागि परीक्षा दिइन् । अंपागको कोटामा । अपांगमैत्री कम्प्युटर कक्षामा भर्ना भइन् । अन्य अपांग ५ जना उनका प्रतिष्प्रर्धी थिए । सबैलाई पछि पार्दै लोकसेवामा नाम निस्कियो । २०६६ वैशाख ९ मा नासुको नियुक्ति लिइन् । उनको पहिलो पोस्टिङ आन्तरिक राजस्व कार्यालय हेटौंडा, मकवानपुरमा भयो । नियुक्ति लिए पनि त्यहाँ गएर काम गर्न असम्भव भएकाले आन्तरिक राजस्व विभागमा अनुरोध गरेपछि आठ महिना ललितपुर काम गरिन् । त्यसपछि काजमा आन्तरिक राजस्व कार्यालय लाजिम्पाट सरुवा भइन् । खुट्टैले कम्प्युटर सिकिन । नायब सुब्बाले गर्नेजति काम खुट्टाले नै गर्छिन् । उनी कार्यालयको कर संकलन शाखामा बस्छिन्। सफ्टवेयरमार्फत कर संकलनको काम हुन्छ। उनी कम्प्युटरमा सफ्टवेयरमा कर संकलनको काम गरिरहेकी हुन्छिन्। अफिसका सबै काम सफ्टवेयर बेस हुन्छ । इन्टरनेटबाट डाटा अपडेट गर्छिन खुट्टाले । राजश्व विभागबाट काम सुरु गरेकी सुशीला केही समय ठूला करदाता कार्यालय हरिहरभवनमा कार्यरत रहिन र दुई बर्षदेखि आन्तरिक राजश्व महाराजगञ्जमा कार्यरत छिन् । भनिन्छ ‘हरेक चोटले त्यो भन्दा ठूलो अवसर बोकेर आएको हुन्छ ।’ जिन्दगीमा हामी एउटा ढोका बन्द भयो भनेर रुन्छौ,चिच्याउछौं, ‘डिप्रेस’ हुन्छौं । तर हाम्रै अगाडि रहेका अरु तीनवटा खुल्ला ‘द्धार’ हामी देख्दैनौं र त चुक्छौं जीवनमा ।

निजामती सेवामै पाइला राखेको एक दशकभन्दा बढी समय व्यतित भइसकेको छ । कहिलेकाँही सेवाग्राहीहरु आँउछन उनका दुबै हात नदेखे पछि यो कर्मचारीले के काम गर्ला र ? पहिला नाक खुम्चाएर हिडेकाहरु अन्यन्त्रै कोठमा चार्हछन् । त्यहाँबाट काम नबनेपछि अन्त्यमा उनकै कोठामा ठोक्किन आइपुग्छन् । उनका काम गराई,साहस र उर्जा देखेपछि भन्छन पनि हामीसँग हातखुट्टा दुवै भएर के गर्न सकेका छौं र तर तपाइँले त हातखुट्टा हुनेलाई प्रेरणा नै दिनुभएको छ ।
गत वैशाखमा मात्र  ७४ जना नासु तहका कर्मचारी शाखा अधिकृतमा बढुवा सिफारिस भए । जेष्ठता र कार्यसम्पादन मूल्यांकनको आधारमा भएको बढुवा सिफारिसमा राजश्व समूहतर्फको चौथो नम्बरमा सुशीलाको नाम सिफारिस भई अधिकृतको रुपमा उनको पदस्थापन भइसकेको छ ।

उनको सफलताको कथा पढेर आठ वर्षअघि दल थापा उनलाई खोज्दै कार्यालयमै पुगे दल । एउटै जिल्लाबासी । पेशाले होस्टल व्यवसायी । शेयर बजारका कारोवारी । त्यहीँ चिनजान भयो । सम्पर्क बाक्लिन थाल्यो । सुशीलाको संघर्षशील जीवनको प्रशंसा गरेर उनी थाक्दैनथे । त्यहीबीचमा उनीहरुबीच प्रेमको टुसा अंकुराउन थाल्यो । एक मनको नेटवर्क अर्काे मनसँग मिलेपछि मायाको कनेक्सन विवाहमा पुग्यो । ७० सालमा बाँधिए विवाह बन्धनमा । यिनै सुशीला एक लाख कर्मचारीहरुको भीडबाट उत्कृष्ठ ४० निजामती कर्मचारी बन्न सफल भईन निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीको रुपमा सम्मान समेत थापिसकेकी छिन्,सुशीलाले । अपाङ्गता भएका व्यक्तिले केही गर्न सक्दैनन् भनेर हेयका दृष्टिले हेर्नेहरू र सिंगो समाजलाई दरिलो झापड हानेकी छिन्,सुशीलाले ।

पछिल्लो जनगणना अनुसार २ प्रतिशत अपांगता भएका व्यक्ति छन् । अपांगलाई कोटा छुट्याइन थालेसँगै अहिले राजनीति,प्रशासनमा अपांगता भएकाहरुले बिस्तारै प्रवेश पाउन थालेका छन् । तर, संघीय संसद्का दुवै सदनमार सात प्रदेशसभामा ५५० गरी कूल ८८४ जना सांसदमध्ये अपांगता भएका व्यक्तिको संख्या भने जम्मा तीन जना मात्रै छ । नेकपा एमालेमा समानुपातिक निर्वाचन प्रणालीबाट कालुराम राई छन् भने राष्ट्रिय सभामा प्रकाश पन्त छन् भने प्रदेशसभामा लक्ष्मी घिमिरे । यस्तै निजामतीमा सुशीलाझैं अनुकरणीय पात्र अरु पनि धेरै भेटिन्छन्, जस्तो सावित्रा काफ्ले र नविन मैनाली दुबै अफिसर हुन तर मेडिकलको भाषामा दृष्टिविहीन । सावित्री उच्च अदालत पाटनमा र नविन सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र वानेश्वरमा आन्तरिक प्रशासन शाखा कमाण्ड गर्दै आएका छन् । निजामती सेवाको उच्च ओहोदा (अफिसर) तहमा पुग्ने अपाङ्गताको सम्भवत यो पहिलो जोडी हुनुपर्दछ ।


प्रकाशित : २०८० मंसिर १८, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप