लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

५ मिनेटमा ६ लाख थान फोन बिक्री

बेइजिङ । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी साओमीको रेड्मी फोन निकै चर्चामा रहने गरेको छ । सस्तो मूल्यमा उत्कृष्ट फिचरहरू पाइने भएकोले पनि धेरैको रोजाइमा यो फोन पर्ने गरेको छ । यति बेला कम्पनीको अर्को एउटा फोन पनि चर्चामा छ । शाओमी रेड्मी के७० सिरिज ।

यो सिरिजमा रेड्मी के७०इ, के७० र के७० प्रो छ । फोन लञ्च हुने बित्तिकै चर्चामा छ । यसको विक्रीले  पनि यही भन्छ । गिज्मो चाइनाको रिपोर्टअनुसार पहिलो दिन नै फोनको रेकर्ड विक्री शुरु भएको छ । फोनको विक्री शुरु भएको ५ मिनेटमा ६ लाख थान फोन बिकेको थियो ।

विक्री शुरु भएको मात्रै ५ मिनेटमा सो सङ्ख्यामा के७० सिरिज विक्री भएको थियो । विक्रीको यो आकार सन् २०२२ मा रेड्मी के६० को सिरिजको तुलनामा दोब्बर हो । यो फोन चीनमा लञ्च गरिएको थियो । रेड्मी के७०ई यो सिरिजको किंग मोडल हो । यो फोनमा क्वालकम स्न्यापड्र्यागन ८ जेन ३ प्रोसेसर छ । रेड्मी के७० मा भने स्न्यापड्र्यागन ८ जेन २ प्रोसेसर छ ।

अन्य स्पेशिफिकेशन

फोनमा ६.६७ इन्चको ओएलईडी २के स्क्रिन छ । यसमा १२० हर्जको रिफ्रेश रेट छ । फोनको पछाडिपट्टी तीन ओटा क्यामरा सेट छ । यसमा ५० एमपीको प्राइमरी क्यामरा, ५० एमपीको पोर्टेबल क्यामरा र १२ एमपीको अल्ट्रावाइड एंगल सेन्सर छ । फोनमा १६ एमपीको सेल्फी क्यामरा छ । फोनमा ५ हजार एमएएचको ब्याट्री छ ।


प्रकाशित : २०८० मंसिर १९, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप