लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

वेस्ट बैंकमा इजरायली आक्रमणमा ५ जना प्यालेस्टाइनीको मृत्यु

रमल्लाह – इजरायली आक्रमणमा परी आइतबार उत्तरी वेस्ट बैंक शहर तुलकर्ममा पाँच प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयको विज्ञप्तिमा जनाइए अनुसार नुर शाम्स शरणार्थी शिविरबाट शहरको थाबेट सरकारी अस्पतालमा भर्ना गरिएका पाँच व्यक्तिको इजरायली लडाकु विमानको आक्रमणबाट चोटपटक लागेर मृत्यु भएको छ ।

स्थानीय प्यालेस्टिनी स्रोतहरूले सिन्ह्वालाई बताए अनुसार इजरायली सेनाले शहर नजिकैको शरणार्थी शिविरमा दश घण्टा लामो सैन्य अभियान शुरु गरेको थियो। सो अभियानमा प्यालेस्टिनी लडाकुहरू बीच झडप भएको थियो । यसै बीच इजरायली गाडीहरूलाई लक्षित गर्दै घरेलु बम विस्फोट गराइएको छ ।

इजरायली सेनाले विज्ञप्ति जारी गर्दै तुल्कारम नजिकैको शरणार्थी शिविरमा आफ्नो सैन्य कारबाहीका क्रममा कम्तीमा चार प्यालेस्टिनीहरूलाई मारेको र हतियार जफत गरेको बताएको छ।

प्यालेस्टाइनको आधिकारिक समाचार एजेन्सी वाफाका अनुसार इजरायली सेनाको आक्रमणबाट वेस्ट बैंकमा कम्तिमा २९६ प्यालेस्टिनी मारिएका छन् ।


प्रकाशित : २०८० पुष १, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप