
इस्लामावाद– अन्डरवर्ल्ड डन दाउद इब्राहिमको बारेमा सामाजिक सञ्जालमा विभिन्न किसिमका दावी गरिएका छन् ।
यतिबेला दाउदको पाकिस्तानको एउटा अस्पतालमा कडा सुरक्षाबीच उपचार भैरहेको दावी गरिएको छ । पाकिस्तानमा दाउदलाई कसैले विष खान दिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइन्छ । उनलाई कराँचीको अस्पतालमा भर्ना गरिएको छ भन्ने कुराले अहिले भाइरल बनेको छ ।
पाकिस्तान दाउदको नाम लिन चाहँदैन, यद्यपि दाउद पाकिस्तानमा नै छन् भन्ने कुरा संसारलाई थाहा भएको दावी गरिन्छ । यहि कारण हो दाउदलाई विष पिलाइएको कुरा सत्य भएता पनि पाकिस्तानमा यसको पुष्टि कसैले गरेका छैनन् ।
दाउदलाई विष पिलाइएको खबर सामाजिक सञ्जालमा तिब्रताका साथ फैलिएको छ । सामाजिक सञ्जालमा मोस्ट वान्टेड अन्डरवर्ल्ड डन दाउद इब्राहिमका बारेमा मानिसहरुले भिन्दा–भिन्दै टिप्पणी गरिरहेका छन् ।
ती दावी तथा टिप्पणीहरु कत्तिको वास्तविक छन् भन्ने कुरा प्रमाणित भएका छैनन् । यद्यपि यो घटनापछि डी कम्पनीमा भूकम्प आएको अनुमान गर्न थालिएको छ ।
दाउद बारेमा पाकिस्तानदेखि भारतसम्म विभिन्न पटक धेरै प्रकारका हल्ला हुन्छन्, हल्ला चलाइन्छ पनि । कहिले उनलाई गम्भीर रोगले ग्रस्त भनिन्छ भने कहिले दुर्घटनामा घाइते भएको बताइन्छ । अहिलेसम्म दाउदको मृत्युको खबर पनि धेरै पटक उडाइसकेको छ ।
यद्यपि, यस पटक पाकिस्तानका नागरिकबीच बीच नै दाउदलाई बिष दिएको कुराले भूकम्प आएको छ । यहि कारणले पाकिस्तानमा अहिले इन्टरनेट नै डाउन गरिएको छ ।
यसैबीच, पाकिस्तानका पूर्व क्रिकेटर जावेद मियाँदादको सम्पूर्ण परिवार दाउद इब्राहिमका कारण समस्यामा परेको छ ।
अन्डरवल्र्ड डन इब्राहिमसँग नाता रहेका मियाँदादको पुरै परिवारलाई घरमै पाकिस्तानी सेना र आईएसआईले नजरबन्दमा राखेका छन् ।
मियाँदाद दाउदका नजिकका नातेदार हुन् ।
जावेदका छोराको विवाह दाउदकी छोरीसँग भएको छ । सन् २००५ मा मियाँदादका छोराले दाउद इब्राहिमकी छोरीसँग विवाह गरेका थिए । जब यो विवाह भयो, भारतसँगै पाकिस्तानमा यसको निकै चर्चा भएको थियो । तर, यो विवाहमा पनि दाउद इब्राहिमको तस्बिर सार्वजनिक भएन ।
अहिले पनि दाउदको पुराना तस्बिरमात्रै सार्वजनिक हुने गरेका छन् । सोमबार विहानैदेखि अन्डरवल्र्ड डन दाउद इब्राहिमको निधन भएको बताइए पनि यसको औपचारिक पुष्टि भने भएको छैन ।
मोस्ट वान्टेड आतंकवादी दाउद इब्राहिमलाई विष खुवाएको खबर पाकिस्तानका सामाजिक सञ्जालमा फैलिएको छ ।
केही पाकिस्तानी मिडियाले निधनपछि दाउदलाई कराचीको कब्रिस्तानमा गाडिएको उल्लेख गरेका छन् । यति मात्र होइन धेरै क्षेत्रमा इन्टरनेट बन्द गरिएको छ । कराँची, लाहोर, मिरपुर खास र रावलपिंडी जस्ता क्षेत्रहरूमा सामाजिक सञ्जाल ठप्प छन् ।
एजेन्सीको सहयोगमा


समाचार


