लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

चितवनमा भेटिए ५३ प्रजातिका चरा

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५३ प्रजातिका चरा भेटिएका छन् । बर्ड एजुकेसन सोसाइटीले हालै गरेको चरा गणनाका क्रममा गत वर्ष नभेटिएका चार प्रजातिका चरासमेत यसपटक भेटिएका हुन् ।

सोसाइटीका अध्यक्ष टीकाराम गिरीका अनुसार यस वर्ष तिलहरी चरा, मसिनोठुडे टिमटिमा, नादुन हाँस र चित्राङ्गद जातका चरा भेटिएका छन् । केही वर्षअघि भेटिएका तर गत वर्ष नभेटिएका यी चरा पुनः भेटिएका हुन् ।

गणनाका क्रममा पानीहाँस चखेवा तीन हजार छ सय ८७, जलकौवा सानु एक सय आठ, जलकौवा ठूलो पाँच सय ५६ भेटिएका छन् । कूल ५३ प्रजातिका पानी चरा छ हजार पाँच सय ४० वटा भेटिएका हुन् । पानी बाहिरका तीन हजार चार सय ६४ गरी १० हजार चार चरा भेटिएका गिरीले जानकारी दिए ।

सोसाइटीले सन् १९८७ देखि चरा गणना गर्दै आएको छ । नेपाललगायत पूर्वी एशियाका ३५ देशमा प्रत्येक वर्ष अंग्रेजी वर्षको जनवरीमा पानी चरा गणना गरिँदै आएको छ । सोसाइटीले हाल जाडो यामका पानी चरा गणना गरेको हो ।

जनवरी ७ देखि हिमालयन नेचरसँगको सहकार्यमा चितवनका लोथर गैडहवा, गैडहवादेखि सौराहा, सौराहादेखि कसरा, तमोर ताल, लामी ताल, बीसहजारी ताल र यससँग सम्बन्धित तालमा चरा गणना गरिएको हो ।

यसैगरी भण्डारा माछा पोखरी, बूढीराप्ती, ढुङ्गरे खोला, पटना ताललगायतका स्थानमा जाडो यामका चरा गणना गरिएको सोसाइटीले जनाएको छ ।


प्रकाशित : २०८० माघ ३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप