लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपाल विश्वकपको सुपर सिक्समा

दक्षिण अफ्रिकामा जारी यू–१९ क्रिकेट विश्वकपअन्तर्गत शुक्रवार अफगानिस्तानलाई स्तब्ध बनाउँदै नेपालले सुपर सिक्समा स्थान बनाएको छ ।

इस्ट लन्डनमा भएको खेलमा अफगानिस्तानलाई स्तब्ध बनाउने क्रममा नेपालले १ विकेटको संघर्षपूर्ण रोमाञ्चक जीत निकालेको हो ।

टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा सबै विकेट गुमाएर १४५ रन बनाएको थियो ।

१४६ रनको सामान्य लक्ष्य भए पनि नेपालले पूरा गर्न निकै संघर्ष गर्नुपरेको थियो ।

नेपालले ४४.४ ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाउँदै लक्ष्य भेट्टाएको हो ।

९ विकेट गुमिसकेको अवस्थामा सुवास भण्डारीले अविजित ९ बनाएपछि नेपालको जीत सम्भव भएको हो ।

यस्तै कप्तान देव खनालले बनाएको अर्धशतकले नेपालको जीतको आधार तयार पारेको थियो । उनले ८९ बलमा ५८ रन बनाए ।

सामान्य लक्ष्य पछ्याए पनि नेपाल २४ रनमै तीन विकेट गुमाएर धर्मराएको थियो । अर्जुन कुमाल १०, विपिन रावल २ र गुलसन झा १ रनमा आउट भएका थिए । त्यसपछि कप्तान देवले पारी सम्हाल्दै जीतको आधार तयार परोका थिए । तर उनी सातौं विकेटको रुपमा आउट हुन पुगेका थिए । त्यसपछि नेपालले झनै संघर्ष गर्नुपर्यो ।

यद्यपि, दिपक बोहराले २७ र आकाश त्रिपाठीले बनाएको १६ रन महत्वपूर्ण रह्यो ।

यस्तै दीपक डुम्रेले ५, दीपेश कँडेलले ४ तथा आकाश चन्दले १ रन बनाए । तिलक भण्डारी शून्य रनमा अविजित रहे ।

अफगानिस्तानका फरिदून दाउदजाईले सर्वाधिक ३ विकेट लिए पनि आफ्नो टोलीलाई जिताउन सकेनन् ।

अब नेपालले ’सुपर सिक्स’मा समूह ’ए’का प्रतिद्वन्द्वीसँग खेल्नेछ । समूह ’ए’मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।


प्रकाशित : २०८० माघ १२, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप