लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने

दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप २०२४ को सुपर सिक्समा स्थान बनाएको नेपालले अब भारत र बंगलादेशसँग खेल्ने भएको छ  । नेपाल समूह डी को निर्णायक खेलमा अफगानिस्तानलाई १ विकेटले हराउँदै सुपर सिक्समा पुगेको हो ।

समूह डी बाट नेपाल, पाकिस्तान र न्युजिल्यान्ड सुपर सिक्समा पुगेका छन् । शनिबार हुने पाकिस्तान र न्युजिल्यान्डबीचको खेलपछि समूहको शीर्ष र दोस्रो टोली निर्धारण गर्नेछ ।

यी तीन टोली समूह ए बाट आउने तीन टोलीसँग सुपर सिक्समा हुनेछन् । समूह एबाट भारत, बंगलादेशले शीर्ष २ मा रहँदै सुपरसिक्समा स्थान पक्का गरेका छन् र नेपालले यी दुई टोलीसँगै सुपर सिक्समा खेल्ने छ ।

यो समूहमा आयरल्यान्ड र अमेरिका छन् यी २ मध्ये १ टोली तेस्रो भएर आउने छ । भारतसित खेल्न बाँकी रहेको अमेरिकाको कुनै अंक छैन । आफ्ना सबै ३ खेल खेलिसकेको आयरल्याण्ड २ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

नेपालले सुपर सिक्समा समूह ए को पहिलो र दोस्रो स्थानमा रहेर आउने टोलीसँग खेल्नुपर्ने हुन्छ । सुपर सिक्सको नियम अनुसार आफ्नो स्थानको टोलीले अर्को समूहबाट आउने त्यहिँ स्थानको टोलीसँग खेल्नु पर्दैन  त्यसैले समूह ए बाट तेस्रो स्थानमा रहेर आउने टोलीसँग नेपालले खेल्ने छैन ।

त्यस्तै समूह ए को शीर्ष टोलीले समूह डी को दोस्रो र तेस्रो नम्बरको टोलीसँग खेल्नुपर्ने हुन्छ । समूह ए को दोस्रो स्थानमा हुने टोलीले समूह डी को शीर्ष र तेस्रो टोलीसँग सुपर सिक्समा खेल्नेछ ।

तालिका अनुसार नेपालले ३१ जनवरीमा समूह ए को दोस्रो स्थानमा रहने टोलीसँग खेल्नेछ । नेपालले २ फेब्रुअरीमा समूह ए को शीर्ष टोलीसँग खेल्नेछ ।

समूह बी र सी बाट आउने तीन तीन टोलीबीच सुपर सिक्समा पनि यहि नियम लागु हुनेछ । दुबै सुपर सिक्सबाट शीर्ष दुई दुई टोली सेमिफाइनलमा पुग्नेछन् । सुपर सिक्समा समूह चरणको अंक तालिका पनि गणना हुन्छ ।

सेमिफाइनलमा पुग्नका लागि नेपालले सुपर सिक्समा समूह ए को शीर्ष र दोस्रो भारत र बंगलादेश दुबै टोलीलाई हराउन आवश्यक छ ।


प्रकाशित : २०८० माघ १२, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप