लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

हजारौंको रोजीरोटी खोसेर अयोध्यामा राममन्दिर !

एजेन्सी । सन् २०२२ मा भारतको अयोध्या पुग्ने तीन बाटो बन्दै थियो : रामपथ, भक्तिपथ र जन्मभूमिपथ । यी सडक चौडा पार्न केन्द्र सरकारकै विशेष चासो थियो ।

सडकका दायाँबायाँ रहेका सयौं पसलहरू फुटाएर सानो बनाइएको थियो । यी पसलमा कयौं मानिसहरूले निकै वर्षदेखि सानासाना पसल चलाइरहेका थिए । त्यही पसलबाट हुने आम्दानीले ती भुइँमानिसहरूको जीवन निर्वाह भइरहेको देखिन्थ्यो ।

उनीहरू अयोध्याको राममन्दिर पुग्ने भनी सरकारले बनाउँदै गरेको फराकिलो सडकका कारण चिन्तित थिए । सडक विस्तार जति अघि बढ्थ्यो, अयोध्या पुग्ने तीन सडक किनारका पसलेहरूलाई आफ्नो असुरक्षित भविष्यले उत्ति नै चिन्तित तुल्याउँथ्यो ।

यतिखेर राममन्दिर पुग्ने तीनवटै सडक तयार भइसकेको छ । अयोध्याको बजार श्रद्धालुलाई स्वागत गर्न सजाइएको छ । बाटो फराकिलो बनाउन तोडफोड गरिएका साना पसलहरू पनि मर्मत गरिएको छ ।

सन् २०२२ मा अयोध्या र राममन्दिरसँग जोडिएको सडकका कारण जो पसलेहरू चिन्तित थिए, उनीहरू यतिखेर थप निराश छन् । किनकी पसलको अधिकांश हिस्सा सडक बनिसकेको छ र व्यापारका लागि केही हातमात्र पसल बाँकी छ ।

ग्यास र हार्डवेयर व्यवसायी अभिषेक कुमार कसेरा तीनै पीडितमध्ये एक हुन्, जसको पसलको ठूलो हिस्सा सडक बनाउनका लागि तोडिएको थियो । यतिखेर उनी राममन्दिर बनेकोमा त खुशी छन् । तर, सरकारले पसल तोडेर सानो बनाइदिएको दुःखी छन् । यही पसलमा काम गर्दागर्दै उनका बाबूको कोरोनाकालमा निधन भएको थियो । उनले पसल त सम्हालेका छन्, तर पहिले झैं धेरै सामान राख्न र खुलेर व्यापार गर्न सक्ने स्थिति छैन ।

अभिषेक भन्छन्, ‘मेरो बुबाको लागि यो पसल नै सबैथोक थियो । यदी उनी यतिखेर जीवित हुन्थे भने पनि पसलको हालत देखेर त्यत्तिकै मर्थे होलान् ।’

तर, धर्मान्ध राजनीतिका कारण अभिषेक शासकको विरोध चाहिँ गर्न सक्दैनन् । किनकी केन्द्र र राज्यमा वैदिक हिन्दु धर्मलाई वैशाखी बनाएर अन्य अल्पसंख्यक समुदायमाथि घृणाको राजनीति गरिरहेको भारतीय जनता पार्टी (भाजपा)को सरकार छ । सरकारको कामको विरोध गर्नु भनेको उत्तर प्रदेशमा हिन्दु–मुस्लिम दुबैका लागि ज्यूज्यानको सवाल हो ।

यो तुष्टिकरणमा नपर्न र जोगिन बीबीसी हिन्दीसँग अभिषेकले भनेका छन्, ‘तर…योगीजीको कार्यकालमा हामी निकै खुशी छौं ।’

मोदीले नदेखेको कमलादेवीको आँशु

अघिल्लो वर्ष रामपथमा कमलादेवी र उनको परिवारको पसल भत्काउने काम भइरहेको थियो । त्यतिखेर उनी सरकारसँग निकै असन्तुष्ट थिइन् ।

उनले भनेकी थिइन्, ‘मलाई भत्काएको पसलको मुआब्जा चाहिँदैन, पसलको बदला पसल दिए हुन्छ । हाम्रो परिवार अब कहाँ जाने ? नयाँ घर बनाएर पसल थाप्न एक लाख रुपैयाँ दिइएको छ, त्यसले एउटा बीम पनि बनाउन सकिँदैन ।’

उनले त्यतिखेर आफूहरूलाई सरकारले प्रस्ताव गरेको मुआब्जा नचाहिने, पसल नै चाहिने बताइरहेकी थिइन् । तर, भारतको धर्मान्ध शासकले उनीजस्ता भुइँमान्छेहरूका कुरा सुन्न चाहेन । कमलाको पसल निकै सानो भएको छ । पसल रहेको घरको स्वामित्व विवादका कारण मर्मत समेत गर्न सकेकी छैनन् । उनले प्रशासनबाट एक लाख रुपैयाँ त पाइन्, तर त्यसले चिन्ता हटाउन कुनै काम गरेको छैन ।

कमला भन्छिन्, ‘हामी अहिले पनि निकै दुःखी छौं । जब बस्ने ठाउँ नै हुँदैन, हातमुख जोड्ने विकल्प छाडिँदैन, यस्तो अवस्थामा मर्नु न बाँच्नुको अवस्था भोग्ने बाहेक म सँग अरू उपाय छैन ।’

‘राम मन्दिर बनेको खुशी अयोध्यामा फैलिएको छ नि !’ भन्दा कमलादेवीले भनिन्, ‘मन्दिर बनेकोमा हामी सबै खुशी छौं । तर मोदी या योगीलाई रामले आफू आउँदा जनतालाई घरबारविहीन बनाउन भनेका थिएनन्, भगवान रामले त जनताको सुख देख्न चाहेका थिए ।’

पसलमा सामान होइन, विवाद भरिँदै

राममन्दिर पुग्ने रामपथका पसलेहरू सडक विस्तारबाट निकै प्रताडित देखिन्छन् । प्रताडित यस अर्थमा कि उनीहरूलाई त्यहाँबाट लखेट्न मोदी र आदित्य योगी नेतृत्वको सरकारले पसल हटाउन योजनावद्ध ढंगले अनेक विवाद निम्त्याइदिएका छन् ।

रामपथमा कयौं वर्षदेखि, कयौं पिंढीले पसल चलाउँदै आएका छन् । पसल राखिएको भवनका मालिकहरू चाहिँ अहिले अयोध्याका राजासँग विवाद गरिरहेका छन् ।

अयोध्या जिल्ला प्रशासनले पसले र घरमालिकबीच विवाद चलिरहे पनि पसलेलाई नहटाइएको तथा मानिसहरूको रोजीरोटीमा कुनै असर नपरेको दाबी गर्ने गरेको छ । राजा अयोध्यासँग वार्ता गराई पसले र घरमालिकबीच वार्ता गराइरहेको, समाधानको उपाय ननिस्केको पनि प्रशासन बताउँछ ।

अहिले पनि त्यहाँ भत्केका भवनमा पसल कबलहरू अलपत्र देखिन्छन् । प्रशासनले यी पसल मर्मत गर्न खोजेको, तर पसले र घरमालिकको विवादका कारण काम हुन नसकेको जवाफ दिने गरेको छ । राम मन्दिर निर्माणका साथसाथै सन् २०२२ देखि अयोध्यालाई धार्मिक पर्यटनको केन्द्र बनाउन पनि भारत सरकारले काम गरिरहेको छ ।

यस अन्तर्गत करिब १३ किलोमिटर लामो रामपथ, ८०० मिटर लामो भक्तिपथ र ८०० मिटर लामो जन्मभूमिपथ फराकिलो बनाउने काम भइसकेको छ ।

राम मन्दिर पुग्ने यो बाटो फराकिलो बनाउन त्यहाँ रहेका सयौं पसलको भाग सडकमा गाभिएको थियो । केही पसलहरू त पूर्ण रूपमा हटाइएको थियो । अयोध्याका व्यापारी नेताहरूका अनुसार तीनवटा सडक बनाउँदा कम्तिमा चार हजार ७०० पसलेका परिवारको रोजीरोटी गुमेको छ ।

व्यवसायिक नेतृत्वले बचेको पसल मर्मत गरी फेरि सञ्चालन गर्न तथा पुनर्वासका लागि उपयुक्त मुआब्जा दिन, विस्थापित पसलेलाई सरकारद्वारा बनाइएको पसल बाँड्न माग गरिरहेको छ ।

घोटाला नै घोटाला

अयोध्यामा राममन्दिर बनाउन यसबीच अर्बौं रुपैयाँ घोटाला भएको अनुमान छ । तर, धार्मिक कट्टरपन्थी सरकारका कारण नियामक निकायहरूले त्यस्ता घोटालाबारे छानबिन अघि बढाउन सकेका छैनन् ।

सन् २०२१ जुनमा एउटा लज्जास्पद घोटालाले भारतलाई हल्लाएको थियो । राम मन्दिर बनाउन आवश्यक थप जग्गा किन्दा १० मिनेटमै १६ करोड ५० लाख भारु घोटाला गरिएको खबर सार्वजनिक भएको थियो ।

सो आरोप समाजवादी पार्टीका नेता एवम् पूर्व विधायक तेजनारायण यादवले लगाएका थिए । दुई करोड भारतीय रुपैयाँको जग्गाको मूल्य बेच्ने बेला १० मिनेटभित्रै १९ करोड ५० लाख रुपैयाँ पुर्‍याएको आरोप उनले लगाएका थिए ।

तर, राम जन्मभूमि ट्रयटका सचिव चम्पत रायले सो आरोप झुटो एवम् राजनीतिबाट प्रेरित रहेको बताउँदै श्रीरामजन्मभूमि तीर्थ क्षेत्र ट्रष्टले खरिद गरेका जमिनको मूल्य खुला बजार मूल्यभन्दा निकै किम रहेको दाबी गरेका थिए । भाजपा संरक्षित उनको दाबीपछि जग्गा खरिद घोटालामा लागेको आरोपबारे ठोस अनुसन्धान र कारबाही नै हुन सकेन ।

भाजपाको राजनीतिक कचौरा

सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले अयोध्यालाई भोट माग्ने राजनीतिक कचौरा बनाउने गरेको छ । अयोध्या विवादमा भाजपा स्थापनाकालदेखि नै तारन्तार संलग्न रहँदै आएको छ ।

अयोध्यामा रहेको मध्यकालीन बाबरी मस्जिद रहेकै स्थानमा हिन्दुहरूका देवता राम जन्मेको र सो स्थानबाट मस्जिद हटाउनुपर्ने भनी हिन्दुपन्थहरूलाई एकजुट बनाउने काम भाजपाले नै गरेको थियो । बाबरी मस्जिद मुगल शासक बाबरले सोह्रौं शताब्दीमा बनाउन लगाएका थिए ।

सो मस्जिद राममन्दिर भत्काएर बाबरले बनाउन लगाएको भारतका हिन्दु पक्षको आरोप छ । सोही विवादमा भारतमा अनेकपटक धार्मिक दंगा भड्किएको छ । विश्व हिन्दु परिषददेखि वर्तमान सत्ताधारी भाजपाको पैतृक संस्था राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)ले यस्ता दंगा भड्काउने गरेका थिए । मोदीले त चुनावमै बारम्बार अयोध्यामा राममन्दिर बनाउने बताउने गरेका थिए ।

बाबरी मस्जिद बनाउँदा हिन्दु मन्दिर भत्काइएको आरोप पुष्टि गर्ने भरपर्दो पुरातात्विक र ऐतिहासिक आधार हिन्दु पक्षले दिन सकेको छैन । नेपालको पर्सास्थित ठोरीमा रामायणकालीन संरचना भेटिएपछि रामको जन्मभूमिकै आधिकारिकता विवादमा परेको छ ।

बाल्मिकी रामायण, विद्यमान भौगोलिक अवस्थिति एवम् जनश्रुति अध्ययन गर्दा राम जन्मभूमि अयोध्या भारतमा नभई नेपालको पर्सास्थित ठोरीमा रहेको मत बलियो बन्दै गएको छ । यद्यपी, नेपालका पछिल्ला प्रधानमन्त्रीले यो मामिलामा भारतसँग टकराव लिन नचाहेका कारण अयोध्यामा बनेको राममन्दिर यतिखेर व्यापक चर्चामा छ ।

(यो सामग्री बीबीसी हिन्दी र इन्टरनेटमा उपलब्ध स्रोतसामग्री अनुवाद गरी तयार पारिएको हो ।)


प्रकाशित : २०८० माघ १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप