लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

नेपालगन्ज देखि कैलाश मानसरोवर माउन्टेन फ्लाइट

नेपालगन्ज, ३० पुस : पर्यटन व्यवसायीहरुको पहलमा नेपालगञ्जबाट कैलाश मानसरोवरसम्म हिजोदेखि पर्वतीय उडान शुरु भएको छ । गत शनिबार उडान सुरु हुने भनिए पनि बाक्लो कुहिरोले भिजिबिलिटी कमजोर बनाएपछि दुई दिन ढिलाइ भएको हो । पर्यटन व्यवसायी केशव न्यौपानेले माउन्टेन फ्लाइटले घट्दै गएको व्यवसायलाई पुन: प्राप्ति गर्न र भारतीय पर्यटकका लागि पर्यटकीय गन्तव्य पहिचान गर्न मद्दत पुग्ने बताए । ‘सिजनमा भारतीय पर्यटकका लागि कम्तिमा एउटा उडानले पर्यटन व्यवसायलाई टेवा पुग्ने विश्वास छ,’ उनले भने ।

अर्का पर्यटन व्यवसायी डा ओम मिश्रले लामो संघर्षपछि सोमबार हिमाली उडान सफल भएकोमा खुसी व्यक्त गरे । यससँगै नेपालगन्ज पनि पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने उनले बताए ।

त्यसैगरी नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) बाँके शाखाका अध्यक्ष श्रीराम सिग्देलले नयाँ पहलले नेपालगन्जको आर्थिक उन्नतिको भविष्यसँग पनि जोडिएको बताए । उनले पर्यटन प्रवद्र्धनका लागि नेपालगन्ज–पोखरा हवाई सञ्जाललाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । नेपालगञ्जबाट हिमालको उडानमा कैलाश मानसरोवर पुगेका भारतीय पर्यटकले खुसीको अनुभूति गरेका छन् । नेपालगन्जका होटल व्यवसायी पुनम भुसालले भनिन्, ‘यसले पर्यटन उद्योगलाई बढाउन मद्दत गर्छ । तिब्बतमा अवस्थित कैलाश मानसरोवर हिन्दू र बौद्ध धर्मावलम्बीहरूको साझा पवित्र स्थल हो। नेपाल र भारतका हिन्दूहरूले ठूलो मात्रामा यो भ्रमण गर्छन्।


प्रकाशित : २०८० माघ १६, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप