लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संसद्को हिउँदे अधिवेशनको पहिलो दिनः शीर्ष नेताहरूले सम्बोधन गर्ने

संसद्को आउँदो हिउँदे अधिवेशनका सन्दर्भमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकबीच शुक्रवार छलफल भएको छ ।

सिंहदबारस्थित संसद् सचिवालयमा भएको छलफलमा यही माघ २२ गतेदेखि हुने अधिवेशनलाई कसरी व्यवस्थित र प्रभावकारी बनाउने भन्ने विषयमा गृहकार्य भएको बैठकमा सहभागी नेकपा (एमाले)का सचेतक महेश बर्ताैलाले जानकारी दिए । उनले लामो समयदेखि थाँती रहेका विधेयकहरू निर्माण र जनसरोकारका विषयमा उचित सुनुवाइ हुनुपर्ने विषयमा आफूहरूले ध्यानाकर्षण गराएको बताए ।

साथै, संसद्को हिउँदे अधिवेशनको पहिलो दिन प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यतालिका भएको बताइएको छ ।

छलफलमा उपसभामुख इन्दिरा राना, कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, नेपाली काग्रेसका प्रमुख सचेतक रमेश लेखक, एमालेका प्रमुख सचेतक पदम गिरी, नेकपा (माओवादी केन्द्र) प्रमुख सचेतक हितराज पाण्डेलगायत सहभागी थिए ।


प्रकाशित : २०८० माघ १९, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप