लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कालो मोतीको विश्व रेकर्ड

भैंसीलाई संसारमा कालो मोतीका रूपमा लिन थालिएको छ । मोतीको भन्दा कम मूल्य छैन यिनीहरूको ! संसारमा कालो मोतीका रूपमा चिनिने भैंसीको पनि नयाँनयाँ रेकर्ड कायम भएका छन् । पशु जगतमा यो नौलो कुरा भने होइन । पछिल्लो रेकर्डअनुसार भारतमा एउटा भैंसी ५१ लाखमा खरिद बिक्री गरिएको छ ।

भारतको हरियानामा यो कारोबार भएको हो । यसको नेपाली रुपैयाँ ८१ लाख ६० हजार हुन आउँछ । तर, यो भैंसीको अहिले १ करोडभन्दा बढी मूल्य तोकिएको छ । सरस्वती नाम दिइएको सो भैंसीलाई पछिल्लोपटक भारत लुधियानाको जगराँवमा आयोजित डेरी एन्ड एग्रो प्रदर्शनीमा लगिएको थियो ।

सो भैंसीले प्रतिस्पर्धात्मक प्रतियोगितामा ३३ दशमलव १३१ किलो दूध दिएर संसारलाई अचम्म बनाएको छ । प्रतियोगितामा विश्वमै प्रथम घोषणा भएपछि सरस्वतीले भारतीय २ लाख रुपैयाँ पुरस्कार जितेको थियो, अर्थात् नेपाली रुपैयाँ ३ लाख ८० हजार !

यससँगै पहिले कायम रहेको संसारको सबैभन्दा बढी दूध दिने पाकिस्तानी भैंसीको रेकर्ड तोडिएको छ । पाकिस्तानको भैंसीले ३२ दशमलव शून्य ५० किलो दूध दिएर सो रेकर्ड कायम गरेको थियो ।

गत वर्ष भारतको हिसार क्षेत्रमा आयोजित प्रतियोगितात्मक मेलामा सरस्वती नामको सो भैंसीले २९ दशमलव ३१ किलो दूध दिएर प्रथम पुरस्कार हासिल गरेको थियो । त्यस्तै, हिसारमै गरिएको केन्द्रीय भैंसी अनुसन्धान इन्स्टिच्युटमा भैंसी अनुसन्धान कार्यक्रममा २८ दशमलव ८ किलो दूध दिएर सो भैंसीले पुरस्कार जितेको थियो ।

यो मूर्रा जातको भैंसी हो । मूर्रा जातको भैंसीलाई अहिले संसारमा सबैभन्दा बढी दुधालु भैंसीका रूपमा लिइन्छ । भारतले यस जातको भैंसीमा ‘प्याटेन्ट राइट’को स्वामित्व लिन पनि पहल गरिरहेको छ ।


प्रकाशित : २०८० माघ २३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप