लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भण्टाबारीस्थित नेपाल-भारत सीमामा राखियो राष्ट्रिय झण्डा

इनरुवा–नेपाल–भारतको सीमासँगै रहेको सुनसरीको मुख्य नाका कोशी–८ भण्टाबारीस्थित तीनकुनेमा शुक्रवार राष्ट्रिय झण्डा राखिएको छ ।

प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झण्डा राखिएको प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए । । राष्ट्रिय झण्डा सबै नेपालीको मान, सम्मान एवं स्वाभिमान प्रतिबिम्बित गर्ने भएकाले आवश्यकताअनुसार निर्माण गरिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

सीमा नाकामा देखिएको समस्या समाधान ध्यान केन्द्रित रहेका बेलामा जिल्ला सुरक्षा समितिले शुरू गरेको सीमा क्षेत्रको पैदलयात्राका क्रममा भारततर्फको सीमा क्षेत्रमा भारतको झण्डा भएको र नेपालतर्फको सीमा क्षेत्रमा झण्डा नभएका बेलामा राष्ट्रिय झण्डा राखिएको प्रजिअ अर्चायले बताए ।

आगामी दिनमा पनि सुनसरीका विभिन्न सीमा नाकामा राष्ट्रिय झन्डा राख्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कार्यक्रममा कोसी प्रदेशसभा सदस्य हाजी इस्राइल मन्सुरी, नेपाली कांग्रेस सुनसरीका सचिव वीरेन्द्र शाह, कोशीका अध्यक्ष ऐयुब अन्सारी, उपाध्यक्ष अनितादेवी यादव, सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीलगायतको सहभागिता थियो ।


प्रकाशित : २०८० फाल्गुन १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप