लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

अब नेपाली नागरिक कामदार भिसामा जापान जान सक्ने

वैदेशिक रोजगारीका लागि जापान समेत खुल्ला भएको छ। सरकारले जापानमा निश्चित सीपयुक्त श्रमिक पठाउन कार्यविधि २०८० स्वीकृति गरेपछि वैदेशिक रोजगारीका लागि जापान जाने बाटो खुलेको हो।

नेपाल र जापानबीच सन् २०१९ को मार्चमा सीपयुक्त श्रमिक पठाउने समझदारी भए पनि कार्यविधि भने बनेको थिएन।

अहिले जापानमा नेपालीहरू अध्ययन लगायतका भिसामा जाने गरेका छन्। कार्यविधि स्वीकृत भएसँगै कामदारकै रूपमा कानुनी रूपमा जाने बाटो खुलेको हो।

कार्यविधि अनुसार नेपाली वैदेशिक रोजगार व्यवसायीले मागपत्र प्रमाणीकरण गरेर जापानमा कामदारका रूपमा नेपालीलाई पठाउन सक्नेछन्।

 

यसका लागि नेपाली व्यवसायी र जापानका व्यवसायीबीच सहमति हुनुपर्नेछ। सोही सहमतिको आधारमा नेपालीहरू कामदार भिसामा जापान जान सक्नेछन्।


प्रकाशित : २०८० फाल्गुन १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप