लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक

म्याग्दी, चैत ८ गते। म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने पर्यटकीय स्थल घोडेपानी पुनहिल क्षेत्रका डाँडापाखा फुलेको लालीगुराँसले छोपिन थालेका छन्। लालीगुराँसले डाँडापाखा रमणीय देखिन थालेपछि आन्तरिक एवम् बाह्य पर्यटकको घोडेपानीमा चहलपहल बढेको छ।

नेपालमा पाइने ३२ मध्ये यहाँ आठ प्रजातिका लालीगुराँस पाइन्छन्। वसन्त ऋतुमा  पाखाभरी ढकमक्क फुल्ले लालीगुराँसले पुनहिल क्षेत्र मनमोहक देखिन्छ।

तीन महिना सुनसान बनेको यो क्षेत्र फागुनको दोस्रो सातादेखि पर्यटकको चहलपहल सुरु भएको छ। दोस्रो मुख्य पर्यटकीय याम सुरु भएसँगै पदयात्राका लागि विश्व प्रसिद्ध अन्नपूर्ण क्षेत्रमा पर्यटकको संख्या वृद्धि हुनथालेको घोडेपानीका होटल व्यवसायी डम्बरबहादुर गर्बुजाले बताउनुभयो।

वैशाखको पहिला सातामा डाँडापाखा लालीगुराँसले अझै ढकमक्क भएर सुन्दर देखिने उहाँले बताउनुभयो। सूर्योदय, हिमश्रृङ्खलाको दृश्य र गुराँसको जंगल अवलोकनका लागि दैनिक एक सयदेखि एक सय ५० जना विदेशी पर्यटक पुनहिल जाने गरेको पुनहिलमा टिकटको  व्यवस्थापन  गर्दै आउनुभएका अमृत पुनले जानकारी दिनुभयो।

घोडेपानीको भ्रमणमा पहिलो पटक आउनुभएका जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाका अध्यक्ष बिरबहादुर गिरीले घोडेपानी निकै रमाइलो भएको सुनाउनुभयो।

समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा अवस्थित पुनहिल चक्रिय अन्नपूर्ण पदमार्गको उत्कृष्ट पर्यटकीय गन्तव्यको रुपमा परिचित छ। पुनहिलबाट एक दर्जन भन्दा बढी हिमश्रृङ्खला र सूर्योदयको सुन्दर दृष्यको दृश्यावलोकन गर्न पाइन्छ।

घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक घोडेपानीमा लालीगुराँसको सुन्दरतामा रमाउँदै पर्यटक


प्रकाशित : २०८० चैत्र ८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप