लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

ताइवान भूकम्प : ठूला भवनमा क्षति (तस्बिरहरू)

ताइवानको पूर्वी तटमा बुधबार ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । ताइवानका अधिकारीहरूले एक जनाको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । ताइवानको राष्ट्रिय फायर एजेन्सीका अनुसार दर्जनौं घाइते भएका छन् । ठूला भवनहरूमा क्षति पुगेको छ ।

रोयटर्स समाचार एजेन्सीका अनुसार ताइवानको दमकल विभागले एक जनाको मृत्यु भएको र ५० भन्दा बढी घाइते भएको जनाएको छ ।

 

प्रहरीले ह्वालियनमा आंशिक रूपमा भत्किएको भवनबाट कम्तीमा नौ जनालाई उद्धार गरेको छ र पाँच जना अझै पनि उद्धारका लागि पर्खिरहेको टिभिबिएसले जनाएको छ ।

भूकम्पको केन्द्र ताइवानको हुआलियन सहरबाट १८ किलोमिटर (११ माइल) दक्षिणमा रहेको छ ।

भूकम्प मापन अधिकारीहरूका अनुसार यो ताइवानमा २५ वर्षयताकै शक्तिशाली भूकम्प हो ।

सन्‌ १९९९ मा ताइवानमा ७.७ म्याग्निच्युडको भूकम्पले २४ सय मानिसको ज्यान लिएको बीबीसीले जनाएको छ । त्यस्तै उक्त भूकम्पले पाँच हजार भवन ध्वस्त पारेको थियो । त्यस्तै सन्‌ २०१८ मा पनि ६.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

तस्बिरहरू : रोयटर्स, मिरर र टिभिबिएस


प्रकाशित : २०८० चैत्र २१, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप