लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

श्रीलंकन नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याएर बन्धक, पाँच पाकिस्तानी नागरिक पक्राउ

युरोपियन देशहरु पठाउने प्रलोभनमा पारेर श्रीलंकन नागरिकहरूलाई नेपाल ल्याएर होटेलमा बन्धन बनाएर राखेको आरोपमा चार पाकिस्तानी नागरिक पक्राउ परेका छन्।

वैदेशिक रोजगारका लागि क्यानडा, रोमानिया, ग्रिस लगायतका देशहरूमा पठाउने भन्दै उनीहरूलाई श्रीलङ्काबाट नेपाल ल्याएर होटेलमा राखेर पासपोर्ट नियन्त्रणमा लिई बन्धक बनाएको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

उनीहरूमाथि प्रहरीले विभिन्न किसिमका धाकधम्की दिई, कुटपिट गर्नुका साथै आफन्तसँग सम्पर्क गर्न नदिई साथमा रहेको नगद समेत लिई जबरजस्ती बन्धक बनाई राखेको आरोप लगाएको छ। बन्धकहरूलाई मुक्त गर्दै प्रहरीले पाकिस्तानी नागरिक जुबेर अम्जाद, शाहजेहान तानबिर, मलिक अब्दुल हमिद र आरिफ मसिहलाई पक्राउ गरेको छ।

प्रहरीले यस अगाडि युरोप पठाउने भन्दै नेपालमा ल्याएर भारतीय नागरिक बन्धक बनाएको आरोपमा भारतीय नागरिकहरू पक्राउ गरेको थियो। केही दिन अगाडि बङ्गलादेशी नागरिक बन्धक बनाएको आरोपमा भारतीयहरू पक्राउ परेका थिए। अहिले पाकिस्तानी नागरिकहरू पक्राउ परेका हुन्।


प्रकाशित : २०८० चैत्र २३, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप