लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

धनगढी उपमहानगरभित्रका सामुदायिक कुकुरको बन्ध्याकरण सुरु

धनगढी : धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रभित्रका भुस्याहा कुकुरहरूको बन्ध्याकरण सुरु गरेको छ। शुक्रबारदेखि सुरु भएको कार्यक्रममा नगर क्षेत्रका ३ सय सामुदायिक (भुस्याहा) कुकुरहरूको बन्ध्याकरण गरिने उपमहानगरले जनाएको छ।

नगर क्षेत्रमा छाडा छोडिएका कुकुरको उपमहानगरपालिकाले चार दिनसम्म बन्ध्याकरण गर्नेछ। नगरपालिका परिसरमा तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने पशु सेवा शाखा प्रमुख डाक्टर समीरकुमार ठाकुरले बताए। ‘यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिनेछ। चैत २३ देखि २६ गतेसम्म बन्ध्याकरण गरिनेछ’, डाक्टर ठाकुरले भने।

करिब ७ लाख बजेटमा यो वर्ष तीन सय सामुदायिक कुकुरको बन्ध्याकरण गरिने भएको हो। गत वर्ष भने १५० कुकुरको बन्ध्याकरण गरिएको थियो। उपमहानगरपालिकाले हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्दै आएको छ। गत वर्ष १५० सामुदायिक कुकुरको बन्ध्याकरण गरिएकोमा यो वर्ष दोब्बर संख्यामा कुकुरको बन्ध्याकरण गरिने डाक्टर ठाकुरले बताए।

सामुदायिक कुकुरहरूको संख्या नियन्त्रण गर्न र कुकुरबाट हुने समस्या रोक्न हरेक वर्ष बन्ध्याकरण शिविर आयोजना गरिँदै आएको छ। हरेक वर्ष सामुदायिक कुकुरको बन्ध्याकरण गर्न बजेट बढाउँदै लग्ने र समुदायमा रहेका छाडा कुकुरहरूको संख्या नियन्त्रण गर्ने उपमहानगरपालिकाको उद्देश्य रहेको पशु सेवा शाखा प्रमुख प्रमुख ठाकुरले बताए।


प्रकाशित : २०८० चैत्र २४, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप