लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

कान पाक्ने तीन समस्या, कुन बढी जोखिमपूर्ण र जटिल ?

सामान्यतया: कानको बनावटलाई तीन भागमा विभाजन गरिएको हुन्छ– बाहिरी, मध्य र भित्री । कानको बाहिरी भागमा खटिरा आएमा कान पाक्न सक्छ । तर धेरैजसो कानको मध्यभागमा विभिन्न समस्या वा संक्रमण हुँदा कान पाक्ने हुन्छ ।

बाहिरी कानको छाला कुनै कारणवश भित्री मध्यभागमा कानमा छिरेमा कान पाक्ने हुन्छ । यसलाई मेडिकल भाषामा ‘ओटाइटिस मेडिया’ भनिन्छ । यस क्रममा कानको मध्यभागमा पिप जम्छ । यसरी जमेको पिप कानको जाली प्वाल पारेर बाहिर निस्किन्छ ।

कान किन पाक्छ ? यसको एक मात्र कारण छैन । कानमा खटिरा आएमा, ढुसी संक्रमण भएमा, कुनै वस्तु अड्किएमा कानको मध्यभागमा संक्रमण हुन्छ । मध्य कानमा एक्कासि संक्रमण भएमा त्यसलाई ‘एक्युट ओटाइटिस मेडिया’ र लामो समयदेखिको जीर्ण प्रकारको मध्य कानको समस्यालाई ‘क्रोनिक ओटाइटिस मेडिया’ भनिन्छ ।

एक्युट ओटाइटिस मेडिया

यो समस्या साधारण रुघाखोकीबाट सुरु हुन्छ । यस अवस्था जटिल हुन गई कान दुख्ने र कानको जाली रातो हुने हुन्छ । एन्टिबायोटिक खाँदा निको हुन्छ ।

क्रोनिक ओटाइटिस मेडिया

कान पाक्ने समस्या सामान्यत: १२ हप्तापछि रहिरह्यो भने क्रोनिक मानिन्छ । यो दुई प्रकारको हुन्छ, ओटाइटिस मेडिया म्यूकोजल र स्क्वामोजल । खासमा म्यूकोजल र स्क्वामस दुवै सतही कोषहरु नै हुन् । म्यूकोजल प्रकारको कोष प्राणी जगत (मानिसको पनि) को बाह्य सतह एवं कुनै पनि नलीको सतहमा हुन्छ । स्क्वामस प्रकारको कोष निकै पातलो, कत्ला परेको र समतल प्रकारको हुन्छ ।

खासमा यी कोष पनि शरीरका छालाको सतहका साथै खाद्यनली, श्वासप्रश्वास नली र अन्य नलीका सतहमा हुन्छन् ।

म्यूकोजल खालको क्रोनिक ओटाइटिस मेडिया

म्यूकोजलमा कानको जालीको मध्य भागमा प्वाल परेको हुन्छ । यस्तो अवस्थामा कानको जालीको प्वाल टाल्न शल्यक्रिया गर्नुपर्ने हुन्छ । शल्यक्रियापछि मात्रै कान पाक्न छाड्छ ।

स्क्वामोजल खालको क्रोनिक ओटाइटिस मेडिया

स्क्वामोजल चाहिं जोखिमयुक्त कान पाक्ने समस्या हो । यस्तो कान पाकेको छ भने डराउनुपर्ने हुन्छ । किनकि यसमा एन्टिबायोटिकले काम गर्दैन र निको हुँदैन । यसमा कोलेस्टियटोमा (असामान्य प्रकारको कोष) भन्ने तत्व, जुन बाहिर कानको छालाबाट कारणवश मध्य कानमा पुगेपछि यस्तो समस्या उत्पन्न हुन्छ । कोलेस्टियाटोमाले गर्दा पिप गन्हाउनुका साथै कान वरिपरिको हड्डी पनि खिइन थाल्छ । त्यसकारण पनि यस समस्यामा अलि बढी सतर्कता आवश्यक हुन्छ ।

यो क्रम यथावत् रहेमा संक्रमण क्रमश: फैलिंदै जान्छ र मस्तिष्कसम्म पुग्न सक्छ । यही कारण मेनिन्जाइटिस हुनसक्छ । मेनिन्जाइटिस भएमा उच्च ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने, आँखा धमिलो देख्ने, असामान्य हिंडाइ हुने, उछिट्टिने खालको बान्ता हुने, पिप गन्हाउने, कान कम सुन्ने लक्षण देखापर्छ । यसको समयमै उपचार गरिएन वा हेलचेक्राइँ गरेमा बिरामीको मृत्युसम्म हुने गर्छ ।

के हो मेनिन्जाइटिस ?

मेनिन्जाइटिस भनेको एक प्रकारको मस्तिष्कको रोग अर्थात् मस्तिष्कको सुजन (सुन्निने अवस्था) हो । मस्तिष्कलाई बाहिरी र भित्र गरी दुई भागमा विभाजन गरिएको छ ।

हाम्रो टाउकोभित्र मस्तिष्क छोप्ने एक खालको झिल्ली हुन्छ, जसलाई ‘मेनिन्जेज’ भनिन्छ । यही मेनिन्जेजको संक्रमण वा सुजनलाई मेनिन्जाइटिस भनिन्छ । भाइरल, ब्याक्टेरिया, कोलेस्टियटोमाले गर्दा पनि यस्तो समस्या हुनसक्छ ।

अचानक धेरै टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने, गर्धन दुख्ने, गर्धन दुखेर घाँटी अररिने यी सुरुवाती अवस्थामा देखिने लक्षण हुन् । यसको समयमै उपचार भएन भने बिरामी बेहोस हुने, प्यारालाइसिस हुने, आँखा दुख्ने, कान नसुन्ने, अपाङ्ग हुने र बिरामीको मृत्युसमेत हुनसक्छ ।

के छ उपचार ?

स्क्वामोजल प्रकारको कान पाक्ने समस्यामा एन्टिबायोटिक लगायत औषधिले समेत प्रभावकारी तवरमा काम गर्दैन, अत: एक मात्र उपाय भनेको कानसँगै रहेको हड्डी खुर्किने शल्यक्रिया (मास्टोइड सर्जरी) हो । यस शल्यक्रियाको क्रममा कोलेस्टियटोमा (असामान्य एवं मृतकोषहरु सबै) निकालिन्छ । यसले गर्दा मेनिन्जाइटिस र अनुहार बाङ्गो हुने जोखिम कम हुन्छ । यो समस्याले गर्दा बहिरो हुने त छँदैछ, मुख बाङ्गो हुने अर्थात् फेसियल लक (जाम) हुने, प्यारालाइसिस हुने जोखिम छ ।

अब के गर्ने त ?

यस्तो समस्या भइसकेपछि उपचार खोज्नुभन्दा पनि समस्या आउनै नदिनु उत्तम हो । यसको रोकथामका लागि कानको नियमित सरसफाइमा ध्यान दिनुपर्छ । साथै कान जथाभावी कोट्याउने, तरल पदार्थ हाल्ने, बच्चालाई सुताएर स्तनपान गराउने जस्ता गल्ती गर्नुहुँदैन । कानमा कुनै समस्या भए चिकित्सकलाई देखाउनु उचित हुन्छ ।


प्रकाशित : २०८१ बैशाख १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप