लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

बढी बाँच्न चाहनु हुन्छ ? दिनमा कम्तीमा ४ हजार पाइला हिँड्नुहोस्

हरेक दिन कम्तीमा ४ हजार पाइला हिँड्दा स्वास्थ्यलाई हितकर हुने नयाँ मेटा–एनालिसिस अध्ययनले देखाएको छ । दिनमा २ हजार ३३७ पाइला हिँड्दा मात्रै पनि मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना घट्ने अध्ययनमा पाइएको छ ।

तर तपाई बढी बाँच्न चाहनु हुन्छ भने कम्तीमा पनि दिनको ४ हजार पाइला हिँड्नुपर्ने सुझाव अनुसन्धानकर्ताहरूले दिएका छन् । युरोपियन सोसाइटी आफ कार्डियोलोजीका उपप्रधान सम्पादक माचे बनाख भन्छन्, ‘तपाई जति कदम बढी हिँड्नुहुन्छ, स्वास्थ्यमा यसको प्रभाव उति राम्रो हुन्छ, अनि हरेक दिन ५ सय देखि एक हजार कदमका दरले हिडाई बढाउँदै जाँदा मृत्यु दरमा उल्लेख्य कमी आउन सक्छ ।’

दिनमा ५ हजारभन्दा कम पाइला हिँड्नुलाई अध्ययनले ‘गतिहीन जीवनशैली’ भनेको छ । प्रत्येक दिन हरेक हजार पाइलाको वृद्धिले कुनै पनि कारणले मृत्युको जोखिम १५ प्रतिशत कम गर्ने बनाख बताउँछन् । ५०० पाइला मात्रै बढाउँदा पनि मुटुसम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना ७ प्रतिशतले घट्ने उनको भनाइ छ । अध्ययनको नतिजा मङ्गलवार युरोपियन जर्नल अफ प्रिभेन्टिभ कार्डियोलोजीमा प्रकाशित भएको थियो । यसमा अस्ट्रेलिया, जापान, नर्वे, स्पेन, बेलायत र अमेरिकामा भएका १७ ओटा अध्ययनबाट झन्डै २ लाख २७ हजार जनाको डेटा विश्लेषण गरिएको थियो ।

यो अहिलेसम्म भएको सबैभन्दा ठुलो विश्लेषण भएको बनाखले बताएका छन् । अध्ययनमा पहिलो पटक दिनकै २० हजार पाइला हिँड्दा हुने स्वास्थ्य लाभबारे पनि अध्ययन गरिएको थियो । दिनहुँ ४ हजार पाइला हिँड्दा चाँडै मृत्यु हुने सम्भावनामा उल्लेख्य कमी आउने देखिएको भए पनि जोखिम उच्च कमी ल्याउन भने ७ हजार भन्दा बढी पाइला हिँड्नै पर्ने बताइएको छ । हिँडाइबाट सबैभन्दा बढी लाभ लिने हो भने २० हजार पाइला हिँड्नुपर्ने अध्ययनले देखाएको छ ।

तर दिनको २० हजार पाइला हिँड्नेहरूको डेटा सीमित भएकोले यो नतिजालाई धेरै मानिसहरूको समूहले पुष्टि गर्नु पर्ने अध्ययनका वरिष्ठ लेखक एवम् कोसोभोको प्रिष्टिन स्थित युनिभर्सिटी क्लिनिकल सेन्टर अफ कोसोभोमा प्रिभेन्टिभ कार्डियोलोजिष्ट डा. इबादेता बेटसीले एउटा विज्ञप्तिमा भनेका छन् । अध्ययनले दैनिक रूपमा हिँडिने पाइला र स्वास्थ्यबिच सम्बन्धले मात्रै देखाएको छ । यसमा कारण र प्रभाव केही पनि हेरिएको छैन ।

 


प्रकाशित : २०८१ बैशाख १९, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप