लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माधव नेपाल र उपेन्द्र यादवबाट धोका हुने अवस्था आए हदैसम्मको कठोर बन्नेबारे प्रचण्ड र ओली सहमत

काठमाडौं, २० बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारमा भएको भेटवार्तामा पछिल्लो राजनीतिक घट्नाक्रमबारे कुराकानी भएको बताईएको छ । यसको अलावा हालै सम्पन्न भएको उपनिर्वाचनको मतपरीणामको विषयमा पनि दुई नेताबीच छलफल भएको छ ।

इलाम र बझाङमा भएको उपनिर्वाचनमा एमालेका उम्मेद्वारहरु विजयी भएका छन् । इलाममा एमालेका सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले पनि साथ दिएको थियो । दुई नेताबीच वामपन्थी गठबन्धन बलियो बनाउनेबारे छलफल भएको छ । तर, तत्काल पार्टी एकता भने नगर्ने उनीहरुको निश्कर्ष छ । यसको अलावा दुई नेताबीच वर्तमान सत्ता गठबन्धनको स्थायित्वको विषयमा पनि गम्भीर छलफल भएको स्रोतको दाबी छ ।

गठबन्धनमा सहभागी महत्वपूर्ण घटक नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन छोड्ने चर्चा चलेको बेलामा कसरी गठबन्धन बलियो बनाउने भन्ने विषयमा मा छलफल भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले माधव नेपालसहितको नयाँ गठबन्धन बनाउनेगरि गृहकार्य थालेको र माधव नेपालको पनि मुभ त्यतैतर्फ केन्द्रित रहेको सूचना पाएपछि आज ओलीले प्रचण्डसँग भेट गरेको बताईन्छ ।

माधव नेपाल गठबन्धनबाट बाहिरिएलगत्तै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी पनि बाहिरिने देउवाको विश्वास छ । तर, प्रधाननमन्त्री दाहाल र एमाले अध्यक्ष ओली भने कुनैपनि हालतमा देउवाको मिशन पूरा हुन नदिनेगरि लागेका छन् । उनीहरु माधव नेपाल र उपेन्द्र यादवले धोका दिने अवस्था आयो भने हदैसम्म कठोर हुने र आवश्यक परे उनीहरुले नेतृत्वका गरेका दल नै विभाजन गर्ने तहको तयारीसम्ममा पुगेको बताईन्छ ।

अहिले माधव नेपालका १० सांसद छन् । उनीहरुमध्ये ४ जना सांसद अध्यक्ष नेपालसँग विद्रोह गर्ने अन्तिम मुडमा पुगेका छन् । नेपालसँग असन्तुष्ट ती सांसदहरु एमाले अध्यक्ष ओलीसँग निरन्तर सम्पर्क र सम्वादमा छन् । उता, उपेन्द्र यादवको पार्टीमा पनि असन्तुष्टि चुलिएको छ । सरकारमा सहभागिताको विषय र मन्त्रीहरु चयन गर्दा अध्यक्ष यादवले एकलौटी गरेको भन्दै आधा दर्जन सांसदहरु विद्रोह गर्ने मुडमा छन् ।

दुवै दलको असन्तुष्टिलाई नजिकबाट नियाँलेका ओली र प्रचण्डले आवश्यक पर्दा उनीहरुसँग समन्वय गरेर माधव नेपाल र उपेन्द्र यादवविरुद्ध कठोर रुपमा प्रस्तुत हुने मन बनाएका छन् । कतिपयले बजेटअघि नै अहिलेको गठबन्धन टुट्ने पनि अड्कलबाजी गरिरहेका छन् ।

योबीचमा एमालेसँग मिलेर सरकार बनाउनको लागि नेपाली कांग्रेसका जिम्मेवार नेताहरुपनि लागिपरेका छन् । हिजोमात्रै शेखर कोइरालाले एमाले अध्यक्ष ओलीसँग बालकोटमा पुगेर सत्ता–सहकार्यका प्रस्ताव राखेको बताईन्छ । तर, शेखरको प्रस्तावमा ओली सहमत नभएको बुझिएको छ ।


प्रकाशित : २०८१ बैशाख २०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप