लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

फेक अडियो प्रकरण : रेकर्ड गर्ने तिमल्सिनालाई प्रहरीको जिम्मा लगाइयो

काठमाडौँ — ‘सिधाकुरा’ नामक अनलाइन तथा युट्युब च्यानललाई न्यायाधीश र मिडिया सञ्चालकले भ्रष्टाचार गरेको भनेर अडियो उपलब्ध गराएको आरोप लागेका राजकुमार तिमल्सिनालाई सर्वोच्च अदालतले प्रहरीको जिम्मा लगाएको छ । सिधाकुराका प्रकाशक युवराज कँडेलले सर्वोच्च अदालतको इजलासमा अदालतको अवहेलनाको मुद्दामा बयान दिने क्रममा तिमल्सिनालाई पोलेका थिए ।

 

तिमल्सिनाले उक्त अडियो उपलब्ध गराएको बयान कँडेलले दिएका थिए । सोही बयानपछि सर्वोच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद फुयाल र महेश शर्मा पौडेलको इजलासले तिमल्सिनालाई बयानका लागि बोलाएको थियो ।

आइतबार तिमल्सिनाको बयान नसकिएपछि सर्वोच्च अदालतका रजिस्ट्रारमार्फत प्रहरीको जिम्मा लगाउन आदेश दिइएको हो । उनको बयान सोमबार पनि निरन्तर रहने आदेशमा उल्लेख छ ।

यस्तै सिधाकुराका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई भने सोमबार उपस्थित हुनु भनेर तारिखमा छोड्न आदेश दिइएको छ ।


प्रकाशित : २०८१ बैशाख २३, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप