लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

मातृभूमिको विकास गर्न योगदान गर्न आह्वान

सङ्घीय गणतन्त्र जर्मनीका लागि नेपालका राजदूत रामकाजी खड्काले आफ्नो मातृभूमिको सामाजिक, आर्थिक विकासका निम्ति योगदान गर्न जर्मनीमा रहेका नेपालीलाई आह्वान गरेका छन्।

शनिबार बर्लनीमा सम्पन्न ‘दोस्रो नेपाली व्यवसाीहरूको सम्मेलन’मा उनले जर्मनीमा विभिन्न पेसा–व्यवसायमा संलग्न नेपालीलाई मातृभूमिको विकासमा योगदान गर्न आह्वान गरेएको बर्लनीस्थित नेपाली राजदूतावासले आज जनाएको छ ।

राजदूत खड्काले नेपालमा ‘नेशनल ब्रेन गेन सेन्टर’ स्थापना, गैरआवासीय नेपाली विधेयक कार्यान्वयन तथा नागरिकता ऐन संशोधनको प्रक्रिया प्रारम्भ भएको जानकारी दिँदै नेपालको सामाजिक, आर्थिक विकासमा वैज्ञानिक एवं प्राविधिक क्षेत्रका साथै सामाजिक एवं आर्थिक विकासमा सघाउन नेपालीलाई अनुरोध गरे।

सम्मेलन नेपाली राजदूतावास र जर्मनको विकास सहयोग नियोग ९जिआइजेड०का काठमाडौँ कार्यालयले आयोजना गरेको हो । सम्मेलनमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकाले सहसचिव चिरञ्जीवी चटौत, भेरी अस्पतालका ‘इन्टरनल मेडिसिन’ विभागका प्रमुख डा। राजन पाण्डे,सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव नारायण तिमिल्सिनालगायत ७० जना जर्मनीमा पेसा, व्यवसायमा संलग्न व्यक्तिको सहभागिता थियो ।

सम्मेलनको उद्घाटन राजदूत खड्का र जेआइजेडका देशीय प्रबन्धक फ्लोरिन क्रिन्सले गरेका थिए। जर्मनीमा रहेका नेपालीको ज्ञान, सीप र अनुभव नेपालको सामाजिक–आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।


प्रकाशित : २०८१ बैशाख ३०, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप