लामखुट्टे भगाउन विभिन्न उपायहरू छन् । मानिसहरू धूप बाल्ने देखि कीटनाशक छर्ने गर्छन् । तर, यसलाई दिनहुँ प्रयोग गर्नु स्वास्थ्यका लागि राम्रो होइन । त्यसैले यहाँ हामी लामखुट्टे र झिँगा हटाउने घरेलु उपायबारे जानकारी दिँदै छौ ।
सबैभन्दा पहिले यी बस्तु भेला पार्नुहोस्
– नीमको सुख्खा पात ।
– तेज पत्ता
– लहसुन
– प्याज
– ल्वाङ
–कपूर
सबैभन्दा पहिले सुक्खा नीमको पातलाई राम्ररी धुलो बनाउनुहोस् । अब त्यसमा प्याज, लसुनको बोक्रा, ल्वाङ र कपूर मिसाएर ग्राइन्डरमा पिसेर राख्नुहोस्। त्यसपछि यो पाउडरलाई बक्समा राख्नुहोस् ।
कसरी प्रयोग गर्ने
यो धूलो हरेक साँझ माटोको दियोमा राख्नुहोस् र त्यसमा कपूरको टुक्रा राखेर उज्यालो गर्नुहोस् । यसको धुवाँ पुरै घरमा राम्रोसँग फैलिने ठाउँमा राख्नुहोस्, त्यसपछि हेर्नुहोस् कसरी घरबाट लामखुट्टे भाग्छन् ।
लामखुट्टेलाई यो पाउडर बनाउन प्रयोग गरिने सामग्रीको गन्ध मन पर्दैन, त्यसैले यो घरेलु उपाय तिनीहरूलाई हटाउन धेरै प्रभावकारी छ।