लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सरकारले कम्तीमा एक हजार युवालाई स्टार्टअप गर्न सहुलियत कर्जा दिने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा दिने भएको छ । मङ्गलबार सङ्घीय संसद्‌को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो घोषणा गरेका हुन् ।

त्यस्तै आगामी आर्थिक वर्षमा नवप्रवर्तन र स्टार्टअप राष्ट्रिय अभियान सञ्चालन गरिने र तीनै तहका सरकार र निजी क्षेत्र समेतको सहकार्यमा राष्ट्रिय स्टार्टअप उद्यम नीति कार्यान्वयन गरिने नीति समेत सरकारले लिएको छ ।

“स्टार्टअप व्यवसायको विकास र प्रवर्द्धन गर्न प्राज्ञिक क्षेत्रसँग सहकार्य गरिनेछ,” सरकारको नीति तथा कार्यक्रममा भनिएको छ,”निजी क्षेत्रको सहकार्यमा सातै प्रदेशमा बिजनेस इन्कुबेसन सेन्टर स्थापना गरी स्टार्टअप विकास र प्रवर्द्धन गरिनेछ । आगामी आर्थिक वर्ष कम्तीमा एक हजार युवालाई स्टार्टअप व्यवसाय सञ्चालन गर्न सहुलियत कर्जा प्रदान गरिनेछ ।”


प्रकाशित : २०८१ जेष्ठ १, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप