लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

एप्पलले लियो तेञ्जिङ नोर्गे शेर्पाको जीवनमा आधारित फिल्मको विश्वव्यापी अधिकार

नेपाली पर्वतारोही तेञ्जिङ नोर्गे शेर्पाको जीवन कथामा बन्न लागेको फिल्मको विश्वव्यापी अधिकार एप्पलले प्राप्त गरेको छ । हालै सम्पन्न क्यान्निज मार्केटमा यो सम्झौता भएको हो ।

सन् १९५३ मा न्युजिल्यान्डका पर्वतारोही सर एड्मन्ड हिलारीसँगै शेर्पाले पहिलो पटक सफलतापूर्वक सगरमाथाको चुचुराे टेकेका थिए । शेर्पाको जीवन कथामा आधारित फिल्म ओस्कार विजेता सि-सअ फिल्मले निर्माण गर्ने भएको छ । सो फिल्ममा बाफ्टा (BAFTA) मनोनयनमा परेका  कलाकार टम हिडलस्टोन र चार पटक ओस्कार मनोनयनमा परेका विलेम डाफई प्रमुख भूमिकामा खेल्दैछन् । हिडलस्टोनले हिलारीको भूमिका निर्वाह गर्दैछन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार शेर्पाको भूमिकाका लागि कलाकारको खोजी भइरहेको छ ।

शेर्पाहरूले खराब मौसमका बावजुद पनि कसरी हिमाल आरोहण गर्छन् भन्ने दृश्य समावेश गरिने निर्माता टोलीको भनाइ छ । त्यसबाहेक सगरमाथा आरोहणका क्रममा के-कस्ता परिस्थिति आइपर्छन्, सहयात्री (गाइड)को भूमिका कस्तो हुन्छ लगायतका विषय राखिने छ ।

यस फिल्मको कथा ओस्कारका लागि मनोनित भएका लेखक ल्युक डेभिजले लेख्दैछन् । फिल्मका निर्मातामा लिज वाट्स, इमाइल शेर्मान र इयाएन क्यानिङ रहेका छन् । उनीहरू सि-सअ फिल्म्समा आवद्ध छन् ।

दुई करोड ५० लाख डलरको लागतमा तयार हुने यो फिल्म २०२५ को सुरुवाततिर छायांकन हुने बताइएको छ । फिल्म कहिले सार्वजनिक हुन्छ भन्ने जानकारी बाहिर आइसकेको छैन ।


प्रकाशित : २०८१ जेष्ठ २, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप