लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

बूढीगण्डकी जलविद्युत् : सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न स्थानीयको माग

गोरखा – बूढीगण्डकी जलविद्युत् आयोजनाको प्रभावित क्षेत्रका बासिन्दाले आयोजनाको निर्माण तत्काल नथाल्ने हो भने सरकारले अधिग्रहण गरेको जग्गाको लालपूर्जा फिर्ता गर्न माग गरेका छन् । आयोजनाको निर्माण तत्काल शुरु हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको प्रतिवद्धता डेढ वर्षसम्म पनि पूरा नभएकोमा उनीहरुको असन्तुष्टि छ ।

बूढीगण्डकी सरोकार समितिले गोरखा सदरमुकाममा गरेको पत्रकार सम्मेलनमा बूढीगण्डकी जलविद्युत् आयोजना राष्ट्रिय सरोकार समितिका संयोजक हरेराम ढकालले तत्काल काम शुरु गर्न आग्रह गर्नुभयो ।

बूढीगण्डकी आयोजनाको बाँधका कारण चार हजार पाँच सय ५७ परिवारको सबै जग्गा डुब्छ भने आठ हजार एक सय १७ घर परिवार विस्थापित हुनेछन् । अहिलेसम्म ४९ हजार ९५ रोपनी जग्गा जमिनको मुआव्जा र घर, गोठ, बोटबिरुवाको क्षतिपूर्तिबापत ५२ अर्ब ९८ करोड रुपैयाँ मुआव्जा वितरण भइसकेको सरकारले जनाएको छ ।


प्रकाशित : २०८१ जेष्ठ ५, शनिबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप