कांग्रेसको विरोधका बीच प्रधानमन्त्रीले प्रतिनिधि सभाको बैठकमा विश्वासको मत लिएपछि प्रमुख प्रतिपक्षी कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।
साढे १ बजे बानेश्वरस्थित ल्होत्से हलमा बस्ने गरी प्रमुख प्रतिपक्षी कांग्रेसले आकस्मिक बैठक बोलाएको हो ।
बैठक लगत्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पत्रकार सम्मेलन गर्ने भएका छन् ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म संसद् बैठक चल्न नदिने अडान लिएको थियो ।
तर कांग्रेस वेल घेराउमा उत्रिए पनि उनीहरूलाई घेरेर प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।
पक्षमा १५७ र विपक्षमा शून्य मत परेको थियो ।
प्रकाशित : २०८१ जेष्ठ ७, सोमबार : प्रकाशित


समाचार


