लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

महिला एसिया कपका लागि २८ सदस्यीय प्रारम्भिक टोलीको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले महिला एसिया कपका लागि प्रारम्भिक चरणको बन्द प्रशिक्षण सञ्चालन गर्न २८ सदस्यीय टोलीको घोषणा गरेको छ ।

घोषित टोलीको कप्तानमा इन्दु बर्मा रहेकी छन् । अन्य खेलाडीमा रुबिना क्षेत्री, सीता रानामगर, कविता कुँवर, सम्झना खड्का, कविता जोशी, काजोल श्रेष्ठ (विकेटकिपर), पूजा महतो र डली भट्ट रहेका छन् ।

अन्य खेलाडीमा बिन्दू रावल, रोमा थापा, ममता चौधरी, कृतिका मरासिनी, राजमती ऐरी, सबनम राई, रुबी पोद्दार, खुशी डंगोल, लक्ष्मी साउद, एलिसा खडिया, अप्सरी बेगम, करुणा भण्डारी, अस्मिना कर्माचार्य, सङ्गीता राई, आरती महतो, सावित्री धामी, यशोदा विष्ट, सोनी पाख्रिन र हेलिसा गुरुङ रहेका छन् ।

महिला एसिया कप क्रिकेट प्रतियोगिता जुलाई १९ देखि २८ तारिखसम्म श्रीलङ्कामा आयोजना हुँदै छ । उक्त प्रतियोगितामा नेपालसहित आठ टोलीको सहभागिता रहने छ । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा परेको छ । नेपालको समूहमा भारत, पाकिस्तान र युएई रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल जुलाई १९ तारिखमा पाकिस्तानसँग खेल्नेछ । नेपालले दोस्रो खेल जुलाई २१ मा यूएईसँग र तेस्रो खेल जुलाई २३ तारिखमा भारतसँग खेल्नेछ । अर्को समूहमा बङ्गलादेश, मलेसिया, श्रीलङ्का र थाइल्यान्ड रहेका छन् ।

maila circket

 


प्रकाशित : २०८१ जेष्ठ १०, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप