लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

टी-२० विश्वकप : ९ सुन्दर स्टेडियममा खेलाइनेछ ५५ खेल (तस्वीरहरू)

आईसीसी टी–२० विश्वकपको ९औं संस्करण अमेरिका र वेस्ट इन्डिजले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता हुन अब दुई दिन मात्र बाँकी छ ।

यसपटक टी–२० विश्वकपमा अधिकतम २० टोलीको सहभागिता रहेको छ । यी सबै टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । प्रतियोगितामा कुल ५५ खेल हुनेछन् । यी सबै खेल ९ स्थानमा आयोजना हुनेछन् ।

यस्तो अवस्थामा खेल हुने सबै स्टेडियमहरूको बारेमा जानौं, तिनीहरूको क्षमता के छ र तिनीहरू कहाँ छन् ?

केनिङ्टन ओभल, वेस्ट इन्डिज

टी २० विश्वकपका खेलहरु हुने मैदानहरुमा सहआयोजक वेस्ट इन्डिजको बार्बाडोसको केनिङ्टन ओभल मैदान पनि समावेश छ । यो वेस्ट इन्डिजको सबैभन्दा सुन्दर स्टेडियम मध्ये एक हो ।

यस मैदानको कुल क्षमता २५ हजार भन्दा बढी छ । तर, पूरै खचाखच भरिए एकैपटक २८ हजार क्रिकेट फ्यानले खेल हेर्न सक्नेछन् ।

ब्रायन लारा क्रिकेट एकेडेमी, त्रिनिडाड

ब्रायन लारा क्रिकेट एकेडेमी विश्वकपमा वेस्ट इन्डिजको दोस्रो स्थान हो । यो त्रिनिदाद देशमा अवस्थित छ ।

यस स्टेडियममा दर्शकहरूका लागि धेरै जसो छतविहीन स्ट्यान्डहरूमा बस्ने सुविधा छ । यस रंगशालामा खेल हेर्न आउने दर्शकको क्षमता १५ हजार छ ।

प्रोभिडेन्स स्टेडियम, वेस्ट इन्डिज

टी-२० विश्वकपका खेलहरू वेस्ट इन्डिजको सबैभन्दा पुरानो र सबैभन्दा ठूलो स्टेडियममध्ये एक प्रोभिडेन्समा खेलिने छन् । यस मैदानमा धेरै अविस्मरणीय खेलहरू खेलिएका छन् । यस रंगशालामा दर्शकको जम्मा सिट क्षमता २० हजार छ ।

सर भिभियन रिचर्ड्स स्टेडियम, एन्टिगुवा

वेस्ट इन्डिजभित्र पर्ने एन्टिगुवामा पनि टी-२० विश्वकपको खेल हुनेछ ।

पहाडले घेरिएको एन्टिगुवाको सर भिभियन रिचर्ड्स स्टेडियममा टी–२० विश्वकपका खेलहरु पनि खेलाइनेछन् । यो रंगशाला निकै सानो मानिन्छ । यस मैदानको सिमाना पनि निकै सानो छ । यो मैदानको कुल सिट क्षमता १० हजार दर्शक मात्रै छ ।

अर्नोस भेल स्टेडियम, वेस्ट इन्डिज

सामुद्रिक किनारमा बनेको अर्नोस भेल स्टेडियम वेस्ट इन्डिजको तेस्रो ठूलो क्रिकेट मैदान हो । यो सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्समा स्थित छ। टी-२० विश्वकपका खेलहरू पनि यहाँ खेलाइनेछन् । यस मैदानमा दर्शक क्षमताको कुरा गर्ने हो भने १८ हजार छ ।

सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदान, वेस्ट इन्डिज

सेन्ट लुसियाको ड्यारेन सामी क्रिकेट मैदान आईसीसी टी-२० विश्वकप २०२४ को खेल हुने वेस्ट इन्डिजको छैटौं स्थान हो । यस रंगशालाको क्षमताको कुरा गर्दा एकैपटक १५ हजार दर्शकले रंगशालामा बसेर खेल हेर्न सक्नेछन् ।

नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, अमेरिका

न्युयोर्कको सबैभन्दा ठूलो रंगशालामा टी–२० विश्वकप खेलाइँदैछ  । विश्वकपका खेलहरू न्यूयोर्कको सबैभन्दा ठूलो नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलाइँदैछ ।

टी-२० विश्वकप २०२४ को लागि एक मात्र स्टेडियम जसमा ३० हजारभन्दा बढी दर्शकले एकै साथ खेल हेर्न सक्छन् । यस रंगशालाको कुल सिट क्षमता ३४ हजार रहेको छ ।

सेन्ट्रल ब्रोवार्ड पार्क, अमेरिका

फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड पार्कमा आईसीसी टी–२० विश्वकपका खेलहरु पनि खेलाइने छन् । यस रंगशालामा दर्शकको जम्मा सिट क्षमता २५ हजार रहेको छ । यो अमेरिकाको दोस्रो ठूलो क्रिकेट स्टेडियम पनि हो ।

ग्रान्ड प्राइरी स्टेडियम, अमेरिका


टेक्सासको ग्रान्ड प्राइरी स्टेडियम टी-२० विश्वकपको खेल हुने अमेरिकाको तेस्रो स्थान हो । यो रंगशाला सानो भए पनि निकै सुन्दर छ । यस रंगशालामा एकै पटक १५ हजार दर्शकले बसेर खेल हेर्न सक्नेछन् ।

नेपालको खेल तालिका

नेपालले समूह चरणको दुई खेल अमेरिका र दुई वेस्टइण्डिजमा खेल्नेछ ।

नेदरल्याण्ड्सविरुद्ध ४ जुन, राति ९:१५ (ग्रान्ड प्राइरी स्टेडियम, अमेरिका)
श्रीलंकाविरुद्ध १२ जुन, बिहान ५:१५ (सेन्ट्रल ब्रोवार्ड पार्क, फ्लोरिडा)
साउथ अफ्रिकाविरुद्ध १५ जुन, बिहान ५:१५ (अर्नोस ह्वेली स्टेडियम, किंग्सटाउन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स)
बंगलादेशविरुद्ध १७ जुन, बिहान ५:१५ (अर्नोस ह्वेली स्टेडियम, किंग्सटाउन, सेन्ट भिन्सेन्ट र ग्रेनाडाइन्स)


प्रकाशित : २०८१ जेष्ठ १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप