लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको सोरु गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर ७ मा सडक निर्माण कार्यमा अनियमितता भएको भन्दै अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

इन्जिनियर प्रकाश आचार्य र असिस्टेन्ट सव-इन्जिनियर बिक्रम बुढा, सडक निर्माण श्रम समितिका अध्यक्ष हस्तबहादुर बुमी, कोषाध्यक्ष धौली कामी र सचिव केवल बुढासहितविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार नापी किताबमा गलत विवरण उल्लेख एवं कार्यसम्पन्‍न प्रतिवेदनसमेत तयार गरी सोही प्रतिवेदनका कागजातहरूको आधारमा १३ लाख ७२ हजार ३४९ रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।

त्यसै गरी सोरु गाउँपालिका गाउँ कार्यपालिका सदस्य एवं अनुगमन समिति संयोजक दलवीर सार्की र सोरु गाउँपालिका वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष राजेन्द्र बुमीविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।


प्रकाशित : २०८१ जेष्ठ १८, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप