लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारतमा विपक्षी बलियो बन्दा भाजपा खुम्चियो, सरकार बनाउन मोदीलाई नीतिश र नायडुको साथ चाहिने

दिल्ली । भारतको लोक सभाको निर्वाचनको अन्तिम परिणाम आएको छ । मंगलबार राति सम्पन्न मत गणनामा भारतीय जनता पार्टी सबैभन्दा ठुलो दल बनेको छ । भाजपाले २४० सिट जितेको छ । यस अघिको निर्वाचनमा ३०३ सिट जितेको भाजपाले यस पटक २४० सिट जितेर एक्लै बहुमत ल्याउन असफल भएको छ ।

भाजपा आफू एक्लै बहुमतबाट चुकेपनि उसको नेतृत्वको एनडीए गठबन्धनले भने बहुमत ल्याएको छ । एनडीएले कुल २९३ सिटमा जित हासिल गरेको छ । जसमा प्रमुख रुपमा भाजपा पछि तेलगु देशम पार्टीले १६ सिट जितेको छ भने जनता दल युनाइटेडले १२ सिट जितेको छ । अब एनडीए घटक दलमा तेलंगानाका नेता चन्द्रबाबु नायडु र विहारका नितिश कुमार निर्णायक बनेका छन् ।

त्यस्तै यस निर्वाचनमा भारतीय नेशनल कांग्रेसले ९९ सिटमा जित हासिल गरेर दोस्रो ठुलो दल बनेको छ । यसअघि २०१९ को निर्वाचनमा कांग्रेसले ५२ सिट जितेको थियो । त्यस्तै समाजवादी पार्टीले उत्तर प्रदेशमा ३७ सिट जितेर तेस्रो ठुलो दल बनेको छ । अघिल्लो निर्वाचनमा केवल ५ सिट जितेको थियो । त्यस्तै पश्चिम बङ्गालको ममता बेनर्जी नेतृत्वको त्रिणमूल कांग्रेसले २९ सिट जितेर संसदमा चौथो ठुल दल बनेको छ । त्यस्तै डिएमके पार्टीले २२ सिट जितेको छ । त्यस्तै आम आदमी पार्टीले दिल्लीमा जित हासिल गर्न नसके पनि पञ्जावमा ३ सिटमा जित हासिल गरेर लोकसभामा उपस्थिति जनाएको छ । यसरी विपक्षी गठबन्धनले २३० सिटमा जित हासिल गरेको छ ।


प्रकाशित : २०८१ जेष्ठ २३, बुधबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप