लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

भारत अमेरिका र बेलायतसहित ११ देशको राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

काठमाडौँ – सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। कांग्रेसँग गठबन्धन भएका बेला नियुक्त भएका राजदूतलाई बिहीबार सकेको मन्त्रिरिषदको बैठकले एकमुष्ट फिर्ता गर्ने निर्णय गरेको हो।

सरकारले भारत, अमेरिका, बेलायत, कतार, साउदी अरेबिया, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय हो।

दुई वर्ष अघि देउवा नेतृत्वमा सरकार हुँदा भारतका लागि पठाइएका शंकर शर्मा र बेलायतका लागि पठाइएका ज्ञानचन्द्र आचार्य कांग्रेस कोटामा नियुक्त भएका थिए।

उनीहरु कुटनीटिक क्षेत्रमा अनुभवी मानिए पनि कांग्रेसको चाहनाका कारण ती देशमा राजदूत हुने अवसर पाएका थिए।

अमेरिकाका लागि राजदूत बनाइएका श्रीधर खत्रीलाई पार्टी विशेषको चाहनामा भन्दा पनि ‘विज्ञ’ हैसियतले जिम्मेवारी दिइएको थियो।


प्रकाशित : २०८१ जेष्ठ २४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप