लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

सुर्खेतमा आज र भोलि श्रमाधान रोजगार मेला

सुर्खेतमा आज र  भोलि श्रमाधान रोजगार मेला हुँदैछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सातवटै प्रदेशमा मेला आयोजना गर्ने कार्यक्रमअन्तर्गत कर्णाली प्रदेशको सुर्खेतमा आज र भोलि मेला सञ्चालन हुने भएको हो । वीरेन्द्रनगरको सिटी हलमा मेला सञ्चालन हुनेछ ।

रोजगारदाता र रोजगारी खोजिरहेका व्यक्तिहरूबीच भेटघाट गराउने मेलाको मुख्य उद्देश्य हो । रोजगारीका अवसर सिर्जना गर्नु, सीप विकास प्रवद्र्धन गर्नु, उद्यमशीलतालाई प्रोत्साहन गर्नु, आर्थिक वृद्धिलाई उत्प्रेरित गर्नु, युवा सशक्तीकरण गर्नु र सार्वजनिक निजी साझेदारी अभिवृद्धि गर्नु मेलाको उद्देश्य रहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव टीकाराम ढकालले बताउनुभयो ।

गएको १७ गते कोशी प्रदेशबाट श्रमाधान रोजगार मेला शुरु भएको हो । यसअन्तर्गत हिजो र अस्ति लुम्बिनी प्रदेशको बुटवलमा मेला भएको थियो । यसअघि कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर र गण्डकी प्रदेशको पोखरामा पनि मेला भइसकेको छ । मेलामा रोजगारी खोजिरहेका र रोजगारदाताको उत्साहपूर्ण उपस्थिति भइरहेको श्रम मन्त्रालयले जनाएको छ ।

अब सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।


प्रकाशित : २०८१ जेष्ठ २५, शुक्रबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप