लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

यी १८३ स्टार्टअपलाई २५ लाखसम्म ऋण दिँदै सरकार

काठमाण्डौं । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले स्टार्टअप उद्यम कर्जा प्रवाह कार्यक्रम २०८० अन्तर्गत कर्जाका लागि सिफारिस भएका परियोजनाको विवरण सार्वजनिक गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै प्रतिष्ठानले कर्जा पाउने स्टार्टअपको सूची सार्वजनिक गरेको हो ।

स्टार्टअप उद्यम कर्जा प्रवाहसम्बन्धी कार्यक्रम अन्तर्गत योग्य सूचीमा परेका परियोजनाको प्रस्तुतीकरण र क्रेडिट अप्राइजलबाट प्राप्त अङ्कभारको प्राथमिकताका आधारमा कर्जा प्रवाहका लागि सिफारिस गरिएको प्रतिष्ठानले जनाएको छ ।

योग्य प्रस्तावकको सूचीमा परेका ३९४ ओटा परियोजना प्रस्तावकहरूलाई प्रस्तुतीकरण गर्न प्रस्तुतीकरणको ढाँचा उल्लेख गरी निश्चित मिति र समय तोकी सूचना प्रकाशित गरिएको थियो । यसअन्तर्गत ३३५ ओटा परियोजना प्रस्तुतीकरण भएकामध्ये कर्जा पाउनका लागि १८३ ओटा स्टार्टअप सिफारिस भएका हुन् ।

प्रस्तुतीकरणमा उपस्थित प्रस्तावकहरूको फोटो, भिडिओ, वित्तीय तथा अन्य विवरण, प्रस्तुतीकरण र प्रश्नोत्तरलाई समेत आधार मानी मूल्याङ्कन समितिले ती स्टार्टअप सिफारिस गरेको प्रतिष्ठानले जनाएको छ ।

 

 

मूल्याङ्कन समितिको औसत अङ्कभार र क्रेडिट अप्राइजल गरी प्राप्त भएको अङ्कभार जोडी कूल अङ्कभार निकालिएको थियो । कूल अङ्कभारलाई आधार लिई ५० प्रतिशतभन्दा बढी अङ्कभार प्राप्त गर्ने प्रस्तावकको प्राथमिकताको आधारमा अन्तिम छनोट गरेको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले कर्जाका लागि सिफारिस गरेका परियोजनाहरूको विवरण र कर्जा रकम राष्ट्रिय वाणिज्य बैङ्कको केन्द्रीय कार्यालयमा पठाइसकिएको छ । ​उद्यमीले सम्पर्क गर्ने राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालयको ठेगाना २९ जेठभित्र तोकी प्रतिष्ठानको वेबसाइटमा प्रकाशित गरिने प्रतिष्ठानको भनाइ छ ।

तोकिएको राष्ट्रिय वाणिज्य बैङ्कको शाखा कार्यालयमा कर्जा प्रवाह प्रयोजनका आवश्यक कागजपत्रसहित आधिकारिक व्यक्तिले सम्पर्क गर्नुपर्नेछ । सूचना सार्वजनिक भएको ३० दिनभित्र तोकिएको बैंकको शाखा कार्यालयमा सम्पर्क नगरेमा परियोजना प्रस्ताव र सिफारिस स्वतः रद्द हुने प्रतिष्ठानले उल्लेख गरेको छ ।

कर्जाको साँवा र ब्याज रकम चुक्ता गर्ने, नियामक निकाय वा बैंकबाट गरिने अनुगमनको क्रममा आवश्यक सूचना तथा तथ्याङ्क उपलब्ध गराउने जस्ता सर्त ऋण प्राप्त गर्ने स्टार्टअपले पालना गर्नुपर्ने हुन्छ ।

यति मात्र नभएर स्टार्टअप उद्यमको प्रगति प्रतिवेदन चौमासिक रूपमा कर्जा प्रवाह गर्ने बैंकमा पेस गर्ने, प्रतिष्ठान, समिति र बैंकले दिएको निर्देशन पालना गर्ने कर्तव्य समेत पूरा गर्नुपर्नेछ ।

बैंकले पाँच लाखसम्मको कर्जा एक किस्तामा, १५ लाखसम्मको कर्जा दुई किस्तामा र सो भन्दा बढी २५ लाखसम्मको हकमा तीन किस्तामा कर्जा रकम उपलब्ध गराउनेछ ।

यसरी कर्जा प्रवाह गर्दा स्टार्टअपले व्यवसाय वा परियोजनाको बीमा भने गराउनु पर्नेछ । यस्तो कर्जाको अवधि बढीमा पाँच वर्षका लागि हुने र दोस्रो वर्षबाट साँवा र ब्याज बापतको रकम फिर्ता गर्न प्रारम्भ गर्नुपर्नेछ ।


प्रकाशित : २०८१ जेष्ठ २७, आईतवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप