लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

उभौली साकेलाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना

धनकुटाको भेडेटारमा किरात समुदायले आफ्नो पर्व उभौली साकेलाको अवसरमा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।

किरात राई यायोक्ख समिति साँगुरीगढीले उभौली पर्व मनाउन विभिन्न साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित भेडेटारमा आयोजित महोत्सवमा किरात समुदायले आ–आफ्नो कला संस्कृतिका विविध पक्ष झल्काउने ‘झाङ्की’ प्रस्तुत गरेका थिए ।

सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्दै पूर्वमन्त्री सुदन किरातीले भेडेटारलाई बहुसांस्कृतिक पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्ने बताए ।

बहुसांस्कृतिक केन्द्र स्थापना भए ‘चोसोक टाङ्ना’, ‘भूमि पूजा’, ‘हुर्रा नृत्य’, ‘लोसार’ जस्ता चाडपर्वहरू मनाउन भेडेटार उपयुक्त ठाउँ हुने उनले बताए ।

वैशाख पूर्णिमादेखि एक महिनासम्म साकेला नाच्दै उभौली मनाउने चलन छ ।

किरातहरुको धार्मिक ग्रन्थ मुन्धुमका अनुसार समयलाई ‘उधौली’ र ‘उभौली’ गरी दुई भागमा वर्गीकरण गरिएको छ ।

किरात समुदायले यी अवधिहरूलाई खेती चक्रको आधारमा विभाजन गर्छन्।

नेपाली महिना वैशाख वा जेठमा बाली लगाउने बेलामा उभौली पर्व मनाइन्छ भने मंसिर वा पुस जस्ता नेपाली महिनामा बाली काट्दा ‘उधौली’ पर्व मनाइन्छ।

सांस्कृतिक कार्यक्रममा परम्परागत भेषभुषामा सजिएका किरात समुदायका सदस्यहरुले आफ्नो कला संस्कृति झल्काउने साकेला र चण्डी नृत्य प्रस्तुत गरेका थिए ।


प्रकाशित : २०८१ जेष्ठ ३१, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप