लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

पश्चिमी भेगमा पनि वर्षा, आज कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

लामो समयपछि देशका पश्चिमी भेगमा पनि वर्षा भएको छ। हिजो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमासमेत वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशमा मात्र वर्षा हुँदै आएको थियो ।

कोशीसहित बाग्मती प्रदेशका केही ठाउँमा मनसुनी वायुको प्रभावले र अरु ठाउँमा पश्चिमी वायु र स्थानीय वायुको प्रभावले वर्षा भएको मौसमविद् सरोज पुडासैनीले बताउनुभयो । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै रौतहट, डडेलधुरा, लमजुङ, मोरङ, झापा, सर्लाही, सुनसरी, चितवन र गोरखामा वर्षा भएको छ ।

यस्तै गएराति पनि काठमाण्डौसहित देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै सिन्धुलीको दुधौलीमा ४० दशमलव ४ मिलिमिटर पानी परेको छ । अहिले काठमाण्डौसहित बाग्मती र कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

दिउँसो पनि कोशी, बाग्मती, गण्डकी र मधेश प्रदेशका केही ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना भएकाले सतर्क रहन मौसमविद्ले आग्रह गरेका छन् ।


प्रकाशित : २०८१ असार ६, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप