लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रधानमन्त्री र गृहमन्त्री लगायतको राजीनामा माग

काठमाडौँ । विवेकशील साझा पार्टीले भ्रष्टाचार र सामाजिक सञ्जालमाथिको प्रतिबन्धविरुद्ध ‘जेनजी’ पुस्ताले गरेको शान्तिपूर्ण आन्दोलनमा प्रहरीले गरेको दमनको कडा निन्दा गरेको छ। प्रवक्ता आशुतोष प्रधानद्वारा जारी गरिएको प्रेस विज्ञप्तिमा प्रहरीको गोली प्रहारबाट दर्जनौँ युवाको हत्या भएको घटनालाई ‘इतिहासकै निर्दयी घटना’ भनिएको छ।

पार्टीले सरकारद्वारा मारिएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ र उनीहरूको उपचारको सम्पूर्ण व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ।

सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाएको आरोप लगाउँदै विवेकशील साझा पार्टीले प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी प्रमुख कुबेरसिंह खापुङको तत्काल राजीनामा माग गरेको छ।

विवेकशील साझा पार्टीले घटनाको अन्तर्राष्ट्रिय स्तरको छानबिन आयोगबाट अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्नुपर्ने माग राखेको छ। पार्टीले सामाजिक सञ्जाल बन्द गरेर भ्रष्टाचार लुकाउने सरकारको खराब मनसायप्रति युवाहरूमा आक्रोश बढेको र सोही आक्रोश कुशासन विरोधी आन्दोलनमा परिणत भएको ठहर गरेको छ।

अन्तमा, विज्ञप्तिमा विवेकशील साझा पार्टीले राष्ट्रको समृद्धिको माग गर्दै शहादत प्राप्त गरेका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै ‘जेनजी’ पुस्ताका आयोजकहरूलाई गम्भीरताका साथ यो घटनाको समाधान खोज्न अपिल गरेको छ।


प्रकाशित : २०८२ भाद्र २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप