लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

जेनजी आक्रोश : ‘नो करप्सन, नो फर यु’

विराटनगर । सुनसरी इटहरीकी निकिता चौधरी विराटनगरमा आयोजित जेनजी पुस्ताको आन्दोलनमा सहभागी भइन् । बिहानको कक्षा सकेर १० बजेदेखि आन्दोलनमा आएकी उनी भोकै थिइन् । आन्दोलनमा आउनुको कारणबारे उनले भनिन्, ‘नयाँ नेपाल, नो करप्सन, नो फर यु, नन एमाले, नन कंग्रेस, कुनै पनि पार्टी नचाहिने । स्वतन्त्र नेपाल जहाँ भ्रष्टाचार नहोस् ।’

उनी शिक्षित प्रधानमन्त्री चाहन्छिन् । अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीले देशको नेतृत्व गर्न नसक्ने उनी बताउँछिन् ।

उनले प्रत्येक नेपालीले यो कुरा स्वीकार्नुपर्ने र आन्दोलनलाई सफल बनाउनुपर्ने उनको माग छ । ‘अब युवालाई प्रधानमन्त्री बनाउनुपर्छ । एजुकेटेड मान्छेले देश चलाउनुपर्छ । यो सरकार परिवर्तन होस्,’ उनले भनिन् ।


प्रकाशित : २०८२ भाद्र २३, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप