लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

के रतनटाटाको मृत शरिर गिद्दलाइ खुवाउन लागिएको हो ?

 

मुम्बई, २४ असोज । बरिष्ठ व्यापारी रतन टाटाको बुधबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको छ । उनको आज दिउँसो ४ बजे मुम्बईको वर्लीमा अन्तिम संस्कार गरिने छ । रतन टाटा पारसी समुदायका थिए तर अझै पनि उनको अन्तिम संस्कार पारसी धर्म संस्कार अनुसार गरिने हो कि हिन्दू संस्कार अनुसार गरिने हो ? यसमा मानिसहरुको कौतुहलता छ ।

 

पारसीहरूको रीतिरिवाज र परम्परा पूर्ण रूपमा फरक छ। पारसी समाजमा अन्त्येष्टि गर्ने चलन हिन्दू र मुस्लिमको भन्दा कसरी फरक छ, हामी तपाईलाई बताउँछौं।

 

पारसीहरूले कसरी गर्छन् मृतकको अन्तिम संस्कार ?

पारसीहरू न हिन्दूले जस्तै जलाउँछन्, न त मुस्लिमले जस्तै गाड्छन् । उनीहरुको अभ्यास दुवै भन्दा फरक छ । वास्तवमा यो समुदायले मानव शरीरलाई प्रकृतिले दिएको उपहार हो, जुन मृत्युपछि फिर्ता गर्नुपर्छ भन्ने विश्वास राख्छन ।

 

संसारभरका पारसी समुदायले एउटै भावनाका साथ शवको अन्तिम संस्कार गर्छन्। शव टावर अफ साइलेन्समा राखिन्छ । त्यसपछि शवलाई गिद्धको जिम्मा लगाइन्छ ।

 

टावर अफ साइलेन्स भनेको के हो ?

टावर अफ साइलेन्स अर्थात् प्रकृतिको काखमा। पारसी समुदायका मानिसहरुले आफ्ना प्रियजनको शव प्रकृतिको काखमा छाडेर जाने गर्छन् । यिनैलाई दख्मा भनिन्छ । यो समुदायमा यो परम्परा शताब्दीयौं पुरानो हो। यो मृत शरीरलाई टावर अफ साइलेन्समा राखे पछि गिद्धले खान्छ।

तर नयाँ पुस्ताका पारसीहरू अन्त्येष्टिको यो अभ्यासमा खासै विश्वास गर्दैनन्।

 

रतन टाटाको अन्त्येष्टि कसरी हुन्छ ?

जानकारीका अनुसार रतन टाटाको दाहसंस्कार पारसी अनुसार नभई हिन्दु संस्कार अनुसार जलाएर गरिने भएको छ । यसअघि उनका लागि करिब ४५ मिनेट प्रार्थना गरिने छ । र, पारसी समुदायले बनाएको विद्युतीय शवदाह गृहमा उनको अन्तिम संस्कार गरिनेछ ।

यो समुदाय इरानवाट भागेर ७ औं शताब्दीमा भारत आएको मानिन्छ । मुस्लिम धर्म परिवर्तन गर्न अस्विकार गरेकाहरु भागेर भारत आएको इतिहासकारहरुले उल्लेख गरेका छन् ।


प्रकाशित : २०८१ आश्विन २४, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप