लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा स्वरोजगार कार्यक्रम प्रस्ताव आह्वान

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सुदूरपश्चिम र कर्णाली प्रदेशका १३ वटा जिल्लालाई स्वरोजगार तथा आर्थिक सशक्तीकरण कार्यक्रम तथा योजना प्रस्ताव गर्न आह्वान गरेको छ ।

मन्त्रालयले सोमबार १३ वटा जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गर्दै उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण आयोजना÷कार्यक्रम प्रस्ताव गर्न आह्वान गरेको हो ।

जसअनुसार सुदूरपश्चिम प्रदेशका दार्चुला, बैतडी, बझाङ, अछाम, डोटी, बाजुरा र कर्णाली प्रदेशका मुगु, डोल्पा, हुम्ला, जुम्ला, कालिकोट, रुकुम पश्चिम र जाजरकोटका सबै स्थानीय तहलाई आउँदो मङ्सिर ५ गतेभित्र कार्यक्रम/योजना प्रस्ताव गर्न मन्त्रालयले आह्वान गरेको छ ।

मन्त्रालयका अनुसार सरकारको वार्षिक बजेट तथा कार्यक्रममार्फत चालु आर्थिक वर्ष २०८१÷८२ का लागि सो कार्यक्रम स्वीकृत भइसकेको छ । उक्त कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि उच्च पहाडी एवम् हिमाली क्षेत्र स्वरोजगार तथा आर्थिक–सामाजिक सशक्तीकरण कार्यक्रम सञ्चालन कार्यविधि, २०८१ समेत स्वीकृत भइसकेको मन्त्रालयले जनाएको छ ।

उक्त कार्यविधिको व्यवस्थाबमोजिम कार्यक्रम सञ्चालन गर्नका लागि कार्यविधिमा उल्लेख भएको जिल्लाका स्थानीय तहहरूले मात्र उक्त कार्यविधिको दफा ८ को व्यवस्था तथा अनुसूची (२) बमोजिमको ढाँचामा बढीमा दुई वटासम्म आयोजना/कार्यक्रम छनोट गरी कार्यपालिकाको निर्णय र अन्य आवश्यक कागजातसहित मन्त्रालयको ई–मेल ठेगाना mofagaplanning@gmail.com वा planning.section@mofaga.gov.np मा पेस गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।


प्रकाशित : २०८१ कार्तिक १३, मंगलवार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप