लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

प्रजननबारे अध्ययन गर्न चीनले अन्तरिक्षमा बाँदर पठाउने

एजेन्सी
बेइजिङ, २१ कात्तिक

चीनले तियाङगोङ अन्तरिक्ष स्टेसनमा बाँदरहरू पठाउने योजना गरिरहेको बताइएको छ । शून्य गुरुत्वाकर्षण वातावरणमा उनीहरु कसरी प्रजनन गर्छन र हुर्कन्छन भन्ने अध्ययन गर्न चीनले अन्तरिक्षमा बादर पठाउन लागेको हो । वैज्ञानिक अनुसन्धानको नेतृत्व गर्ने चिनियाँ वैज्ञानिक झाङ लूलाई उद्धृत गर्दै साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार यो प्रयोग अन्तरिक्ष स्टेसनको  सबैभन्दा ठूलो मोड्युलमा गरिनेछ, जुन मुख्यतया जीवन विज्ञानमा प्रयोग गरिन्छ ।

माछा र शंखे किराजस्ता साना जीवहरूको अध्ययन गरेपछि “अब मुसा र बाँदरहरू अन्तरिक्षमा कसरी हुर्कन्छन वा प्रजनन गर्छन भन्ने बारे केही अध्ययनहरू गरिने’,  झाङले बताए । उनी विश्वास गर्छन कि यी प्रयोगहरूले सूक्ष्म गुरुत्वाकर्षण र अन्य अन्तरिक्ष वातावरणमा जीवको अनुकूलनको सुधार गर्न मद्दत गर्नेछ ।

तर, प्रतिवेदनअनुसार विज्ञहरूले मुसा र अन्य जीवजन्तुहरूमा यस्तो अध्ययन गर्न अझै धेरै कठिनाइहरू रहेको औंल्याए ।


प्रकाशित : २०७९ कार्तिक २१, सोमबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप