लोकप्रिय खबर

उखु किसानलाई ४५ दिन भित्रै अनलाईन पेमेन्ट गर्ने सरकारको तयारी: मन्त्री यादव

ख्रीष्टियन समुदायका प्रमुख तीन संस्था एनसिएफ, एनसिएस र एफएनसीएनबीच सात बुदेँ सहमति (सहमति पत्रसहित)

कानुन संशोधन नगरी स्थानीय निर्वाचन हुन सक्दैन : गुरुङ

अर्जुनधारा नगरपालिकाद्वारा कृषकलाई च्यापकटर (कुट्टी काट्ने) यन्त्र वितरण

हवाई उडानको टुङ्गो नलाग्दा सन्दीपले सिपिएल खेल्नेबारे अन्योल

माई नगरमा दोश्रो कोरोना संक्रमित भेटिए

राष्ट्रिय सभाको भागबन्डा : कांग्रेसले ६ पाउँदा माओवादी र समाजवादीलाई ५/५ सिट

दूध कतिबेला पिउने, कसरी पिउने?

आयुर्वेदमा दूधको विशेष महत्व हुन्छ। सामान्यतया यसमा पाइने पोषण तत्व अन्य खानेकुराबाट पूर्ती गर्न सकिँदैन। दूधले पाचन प्रणालीमा सहयोग गर्छ, पोषण प्राप्त गर्छ र शरिरका दोषलाई सन्तुलन गर्न सहयोग गर्छ।

आयुर्वेदअनुसार मानव शरिर तीनटा ‘दोष’ कफ, पित्त र भत्तबाट बनेको हुन्छ। यो दोषले शरिरलाई असन्तुलन बनाउनुका साथै शरिर कमजोर बनाउँछ।

दूध पिउँदा शरिरमा ऊर्जा प्राप्त हुन्छ। खानेकुरा खाँदा पचेमा त्यसले फाइदा गर्छ। तसर्थ दूध हाम्रो भोजनको महत्वपूर्ण अंश हो। विशेष गरी शाकाहारीका लागि नभइ नहुने पोषण हो।

चिसो दूधले पेटमा गडबडी गर्ने भएकोले सकभर मनतातो खानुपर्छ। दूधमा बेसार, अदुवा वा अलैची मिसाएर पिउँदा उपयुक्त हुन्छ। यी चिज मिसाएर खाँदा पाचन प्रणालीलाई सशक्त बनाउँछ।

आयुर्वेद अनुसार दूध खाने उपर्युक्त समय राति हो। रातमा दूध पिउँदा शरिरलाई शान्त पार्ने र गहिरो निन्द्रा लाग्छ।

दूधलाई विभिन्न समयमा पिउँदा त्यसको पनि भिन्न असर हुन्छ।

बिहान कहिल्यै नखानुहोस्
स्वास्थ्यका दृष्टिले बिहानमा दूध पिउनु उपयुक्त हुँदैन। बिहान दूध पिउनु शरिरका लागि रोग निम्त्याउनु हो।

साँझमा बृद्धबद्धालाई उपयुक्त
साँझमा दूध पिउँदा बृद्धबद्धाका लागि फाइदाजनक हुन्छ। साँझमा दूध पिउँदा किड्नीमा स्टोन भएको समास्यालाई निको पार्छ।

रातमा सबैले पिउनु उत्तम
रातीमा दूध पिउनु बालकदेखि बृद्ध सबैलाई फाइदा हुन्छ। राती दूध पिउँदा तनाव र थकान हटाउँछ र मस्त निन्द्रा लाग्छ। दूधमा पर्याप्त क्याल्सियम हुन्छ। रातमा शारीरिक गतिविधि न्यून हुने भएकोले क्याल्सियम सजिलै शरिरमा शोषिन्छ।

दूध पिउँदा निम्न कुरामा ध्यान दिनुहोस्
दूधमा शरिरलाई आवश्यक पोषण तत्व हुन्छ, त्यसलै यसको फाइदा अत्यधिक हुन्छ। तर, कतिपय मानिसको शरिरले दूधमा हुने ल्याक्टोज सहँदैन। यस्तो अवस्थामा उनीहरुले दूध पिउनु हुँदैन।

तातो दूधले शरिरलाई आनन्द प्रदान गर्छ। यसले कब्जियतको समस्या समाधान गर्छ। तर चिसो दूध पिउँदा वा दूधमा कागती वा केरा मिसाएर खाँदा पाचन प्रणालीमा गडबढ गर्छ। दूधमा केरा मिलाएर खाँदा खोकी र एलर्जी हुन्छ।

दूधलाई कहिल्यै पनि नुन मिसाएर पिउनु हुँदैन। किनकि दुबैमा विपरीत गुण हुन्छ।

प्राय खानापछि तातो दूध पिउनुपर्छ। खाना खाँदा पनि दूध खानु हुँदैन। खाना खाँदा दूध खाएमा पाचन प्रणालीमा गडबढ हुन्छ।

पेटमा जुका लाग्दा, पखला लाग्दा, ज्वरो आउँदा कहिल्यै पनि दूध पिउनु हुँदैन।


प्रकाशित : २०८० जेष्ठ १८, बिहीबार : प्रकाशित

ताजा समाचार
  • खोज खबर बिसेष
    थप